बाढी प्रभावित बस्तीमा छैन दसैँको उल्लास « Khabarhub

बाढी प्रभावित बस्तीमा छैन दसैँको उल्लास


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायकलाई दसैँले छोएको छैन । उहाँ भदौ ३१ गते दोदा नदीमा आएको बाढीले क्षति पु¥याएको धानबाली काट्नमा व्यस्त छन् ।

‘बाढीले धान पूरै ढलाएर माटो भरियो, अहिले काटेर घाममा सुकाउँदै छौँ’, उनले भने, ‘बाढीले कच्ची घर ढल्ने जस्तो भइसक्यो, त्रिपालमुनि रात काट्छौँ, चाडबाड आएजस्तो लागेको छैन ।’

बाढीले विस्थापित बनेका शुक्लाफाँटा नगरपालिका–१२ एकान्त टोलका १५ परिवार गाउँ नजिकैको जनजागरण सामुदायिक वनमा त्रिपालमुनि आश्रय लिएर बसेका छन् । बाढीले गर्दा यस वर्षको चाडबाड खल्लो भएको एकान्त टोलका हरिकृष्ण भट्टले बताए ।

‘वर्षमा एक दिन आउने चाडबाड आउँदा खुसी हुनु पर्ने हो, यसपटक बाढीले चाडबाड खल्लो बनाएको छ’, उनले भने, ‘बाढीपछि घर फर्किनै पाएका छैनौँ, जङ्गलमा त्रिपालमुनि रात काटिरहेका छौँ ।’

घरभित्रका लत्ताकपडा, खाद्यान्न सबै बनहरा नदीमा आएको बाढीले बगाएको उनको भनाइ छ । ‘बाढीले खेत र घरभित्रको सबै बाली सखाप पा¥यो, खान–बस्नलाई समस्या छ, यसपालि इष्टमित्र कसैलाई बोलाउँदैनौँ’, उनले भने, ‘आए भने पनि कहाँ बसाल्ने र के खुवाउने भन्ने चिन्ता छ ।’

नेपालीहरुको महत्वपूर्ण ठूलो चाड दसैँको चहलपहल सबैतिर बढेको छ । वर्षमा एक पटक आउने चाडबाडले गाउँ–सहरमा उत्साह ल्याएको छ । तर कञ्चनपुरका बाढी प्रभावित बस्तीमा भने दसैँमा सुनसान छ ।

भदौ ३१ गते बनहरा, स्याली, मछेली, दोदालगायत नदीमा आएको बाढीले कञ्चनपुरको शुक्लाफाँटा, लालझाडी, बेलौरी र पुनर्वास नगरपालिकाका पाँच सयभन्दा बढी परिवार प्रभावित भएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ७ : ५८ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई