अस्पताल तोडफोडमा संलग्न १० जना पक्राउ | Khabarhub Khabarhub

अस्पताल तोडफोडमा संलग्न १० जना पक्राउ


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

बिरामीको मृत्यु भएको भन्दै चितवन मेडिकल कलेज (सिएमसी)मा तोडफोड भएको छ । आक्रोशित आफन्तहरूको समूहले अस्पतालको सघन उपचार कक्ष (आइसीयू) भित्रै प्रवेश गरेर तोडफोड गरेका हुन् ।

तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । तोडफोडबाट मेडिकल आइसियु कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । आक्रोशित भीडले आइसियु कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले राससलाई जानकारी lbP ।

अहिले अस्पतालमा बाक्लो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटाइएको छ । भरतपुर–१३ का ३६ वर्षीय रमेश कुँवरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । उनलाई प्याङ्क्रियाटाइटिस र उच्च रक्तचापको समस्या भएर अस्पताल लगिएको थियो । अस्पतालले उपचार गर्न सेन्ट्रल भेन खोलेर औषधि दिएको बताएको छ । त्यसलाई आफन्तहरूले घाँटीको शल्यक्रिया भन्दै तोडफोडमा उत्रिएको बताइएको छ । घटनाबारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको बेला केही समूहले अस्पतालमा तोडफोड गरेका हुन् ।

तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले बिरामीको मृत्युको सम्बन्धमा अस्पताल प्रशासनसँग वार्ता भइरहेको बेला अराजक समूहले तोडफोड गरेको जनाएको छ । तोडफोडमा संलग्नहरू गाडी रिजर्भ गरेर आएको प्रहरीले जनाएको छ ।

सो क्रममा प्रहरीसँग समेत उनीहरूको घम्साघम्सी चलेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ८ : ०७ बजे

इजरायलबाट फर्किएर विपिनको आमा र बहिनीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं– इजरायलमा सशस्त्र समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीका

विजयपुरकी महारानी थाङसामा कसरी छोरी, कसरी रानी ?

याक्थुङ/लिम्बूवान क्षेत्रका राजाहरूका रानी/महारानीमध्ये इतिहासमा उल्लेखित एकमात्र महारानी थाङसामा हुन्

‘बिग्रिएको ग्याष्ट्रिकले अल्सर हुँदै क्यान्सर निम्त्याउँछ भन्ने बुझाइ गलत’ 

मलाई ग्याष्ट्रिकको समस्या छ नभन्ने मान्छे प्राय बिरलै भेटिन्छन् ।

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय