प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन ओलीको आग्रह « Khabarhub

प्रतिस्पर्धालाई अस्वस्थ नबनाउन ओलीको आग्रह


१८ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादसैँ, नेपाल संवत्, तिहार, छठलगायत चाडपर्वका अवसरमा आज गृहजिल्ला झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्वस्थ प्रतिस्पर्धा लोकतान्त्रिक अभ्यास नहुने बताए।

“हामीले लडेर ल्याएको व्यवस्था नै बहुदलीय प्रतिस्पर्धा हो”, उनले भने, “प्रतिस्पर्धा स्वस्थ भएन भने त्यो लोकतान्त्रिक राजनीति हुँदैन ।” उनले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्ने विषयमा एकता हुनुपर्ने धारणा व्यक्त गरे । एमाले अध्यक्ष ओलीले शुभकामना मन्तव्यका क्रममा दसैँको सांस्कृतिक, सामाजिक र पौराणिक महत्वका विषयमा चर्चा गर्दै मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने, नारी शक्तिको उपासना गर्ने र असत्यलाई पराजित गर्ने सन्देश दिने चाड अरू मुलुकमा नभएको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  १० : ०४ बजे

नेपाल राष्ट्र बैंकद्वारा छ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

पाल्पा– गए रातिदेखिको अविरल वर्षासँगै पहिरो खस्दा पाल्पाका राजमार्ग तथा

एमाले सांसदको आरोप- सत्तापक्षले अदालतका निर्णयमा राजनीतिक आक्रोश पोखे, न्यायाधीश धम्क्याए

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले विगत केही दिनदेखि न्यायिक

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

नारायणगढ– चितवनसहित देशभर केही दिन लगातार भारी वर्षा हुने सम्भावना

लमजुङका छ पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

लमजुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार लमजुङका छ पालिकामा नयाँ