राष्ट्रपति भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण « Khabarhub

राष्ट्रपति भण्डारीद्वारा गुरूहरूको हातबाट टीका ग्रहण


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन् ।

बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरिन्।

राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नेछिन् ।

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १ : २० बजे

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका

बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

बैतडी – जिल्लामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता