सिराहामा जसपाका नेता कार्यकर्ताको सामूहिक राजीनामा | Khabarhub Khabarhub

सिराहामा जसपाका नेता कार्यकर्ताको सामूहिक राजीनामा


२० आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिराहा – सिराहामा जनता समाजवादी पार्टी (जसपा)  नेपालका केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् ।

जसपा नेपालका केन्द्रीय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंहलगायतका नेता तथा कार्यकर्ताहरूले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।

जसपाले प्राइभेट लिमिटेड पार्टीको रुपमा काम गरेकाले सामूहिक राजीनामा दिएको केन्द्रीय परिसद सदस्य रामचलितर साहले बताए ।

जसपाका नेताहरूले पार्टीलाई आफ्नै विरासत सम्झिने गरेकोले आफूहरू बाध्य भएर बाहिरिएको उनले सुनाए ।

जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर विकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुख व्यक्त गरे ।

पार्टीले मुख्य एजेन्डा नै छोडेपछि आफूहरू पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए।

सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्ने तयारी छ। जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रो पटकको स्थानीय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए।

सिंहलाई मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकट दिने भएकोले जसपा परित्याग गरी एमाले प्रवेश गर्ने स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार  ७ : ३८ बजे

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

गण्डकी– गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको

बझाङ अपडेट : एमाले १०३६३, कांग्रेस–१०३५४, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा