गच्छदारले २५ हजार कार्यकर्ता छन भनेपछि कांग्रेसले छानबिन गर्दै « Khabarhub

गच्छदारले २५ हजार कार्यकर्ता छन भनेपछि कांग्रेसले छानबिन गर्दै


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कांग्रेसले गत संघीय निर्वाचनअघि तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसँग एकता गरेको थियो। पार्टी एकतापछि गच्छदारसँग आएकामध्ये कसैले पनि निर्वाचनमा जित हात पारेनन्। उनीसँगै आएका जितेन्द्र देव भने राष्ट्रिय सभा सदस्य निर्वाचित भए। तर, गच्छदारलाई भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति बनाएका छन्। उनीसँगै आएका रामजनम चौधरीलगायत दर्जनौँ अहिले भूमिकाविहीन अवस्थामा छन्।

पार्टी एकताका वेला लोकतान्त्रिक फोरमले २५ हजार क्रियाशील सदस्य आफूसँग रहेको प्रतिवेदन पेस गरेको थियो। कांग्रेसले अहिले समायोजन प्रक्रियाअन्तर्गत २५ हजार क्रियाशील सदस्यबारे छानबिन गर्ने भएको छ। यो सूचीको नामावली सम्बन्धित जिल्लामा पठाई दुई हप्ताभित्र छानबिन सक्न उपसभापति एवं समायोजन समितिमा संयोजक विमलेन्द्र निधिको समितिले शुक्रबार निर्देशन दिएको नयाँ पत्रिकामा खबर छ ।

उपसभापति विजयकुमार गच्छदारले गत २५ चैतमा तत्कालीन लोकतान्त्रिक फोरमका तर्फबाट २५ हजार चार सय ६८ जना क्रियाशील सदस्य रहेको दाबी गरेका थिए। संस्थापननिकटकै एक नेताले गच्छदारले प्रस्तुत गरेका २५ हजार सदस्यमा गुटगत रूपमा नाम प्रवेश गराएको गुनासो आएपछि छानबिनको प्रक्रिया अघि बढाइएको जानकारी दिए। ‘विजय गच्छदारजीले २५ हजार सदस्यको नाम दिनुभएको थियो। यसमा गुनासो नहोस्, गुटगत प्रभाव नदेखियोस् भनेर नामबारे छानबिन गर्न खोजेका हौँ,’ देउवानिकटका तीन नेताले भने, ‘संस्थापनदेखि अरू गुटका नेताहरूमा पनि गुटगत रूपमा नाम घुसाए भन्न थालिएपछि छानबिन गर्न लागेका हौँ।’

छानबिनका क्रममा कांग्रेसबाट निकालिएका मान्छे नपरून्, लोकतान्त्रिक फोरमका जो हुन् ती मात्र सदस्य कायम हुन् भनेर खोजिने ती नेता बताउँछन्।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ७ : २९ बजे

झापामा प्राधिकरणका कर्मचारीमाथि कुटपिट गर्नेलाई कारबाही नभए ब्ल्याक आउट गर्ने चेतावनी

काठमाडौं- नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण केन्द्रमा कार्यरत कर्मचारीमाथि भएको

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा बराल नियुक्त

काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा डा विवेक बराल

जेन-जी आन्दोलनको राजनीतिक सहमति सबैले स्विकार्नु पर्छ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले तत्कालीन सरकार

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका

इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

जकार्ता- इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा