हिले दसैँले पर्यटनमा समेत असर « Khabarhub

हिले दसैँले पर्यटनमा समेत असर


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कास्की- ‘हट्यो साह्रो हिलो मैलो, हरायो पानीको वर्षा, जता जाउँ उतै भन्छन्, दसैँ आयो दसैँ आयो’, तर यस वर्षको दसैँ यस कविताको पङ्तिभन्दा ठ्याक्कै उल्टो बन्यो ।

नवमीको रातिदेखि लगातार परेको वर्षा आज चौथो दिन आज दिउँसोसम्म रोकिएको छैन । कास्कीमा जतासुकै बाढी र पहिरो बगेका छन् । वर्षाकै कारण खोला नालामा बाढी आएको छ भने ग्रामीण सडकमा पहिरो खस्दा आफन्त र घर परिवारमा टीका थाप्न जाने सर्वसाधारण सडकमै अलपत्र परेका छन् ।

कास्कीका ग्रामीण सडकमा ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी सुन्दर तिवारीका अनुसार कास्की जिल्लाको मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाका ग्रामीण सडक अवरुद्ध हुँदा टीका थाप्नका लागि आफन्त र घर जाने सर्वसाधारण अलपत्र परेका छन् । उनले बाढी र पहिरोका कारण कास्कीमा आज दिउँसोसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिए ।

पोखराको काँहुखोलादेखि मादी गाउँपालिकाको पर्यटकीय गाउँ सिक्लेस जाने ग्रामीण सडकमा विभिन्न ठाउँमा पहिरो खसेको छ । तीन दिनअघिदेखि खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जानकारी प्रवक्ता तिवारीले दिए ।

मादी गाउँपालिकाका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार मादी गाउँपालिका–६ को चिप्लीमा पहिरो खस्दा तीन दिनदेखि सडक अवरुद्ध भएको छ । सिक्लेस र खिलाङ पुग्ने सर्वसाधारण सोँदाबाट तीन घण्टाको उकालो बाटो पैदल हिँडेर घर तथा आफन्तकोमा दसैँको टीका थाप्न पुगेको जानकारी वडाध्यक्ष गुरुङले दिए । मादी गाउँपालिकामा कार्यरत डोजर चालक दसैँमा घर गएकाले अवरुद्ध सडक खुलाउन सकिएको छैन ।

पोखराको काँहुखोलाबाट सिक्लेस पुग्न ४० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । पहिरोका कारण अलपत्र परेका सर्वसाधारण सडकका छेउछाउका घर तथा होटलमा बास खोजेर बस्न बाध्य छन् भने कोही घण्टौँ हिँडर घर तथा आफन्तकोमा पुगेका छन् ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकाको वीरेठाँटीबाट अन्नपूर्णकै पर्यटकीय गाउँ घान्द्रुक जाने ग्रामीण सडकअन्तर्गत अन्नपूर्ण–१० को भिरचोकमा नवमीको राति पहिरो खस्दा अवरुद्ध बनेको सडक चार दिनपछि आज दिउँसो एकतर्फी खुलेको जानकारी स्थानीयवासी ललित गुरुङले दिए । पहिरोकै कारण घान्द्रुक र छुम्रुङ पुग्ने सर्वसाधारण घण्टौँ पैदल हिँडेर आफ्नो घर र आफन्तकोमा पुगेका छन् ।

वर्षाकै कारण पर्यटनमा समेत असर परेको छ । दसैँ बिदाको समय पारी टीकाको भोलिपल्ट परिवारसहित चितवनको सौराहा घुम्न जाने तयारी गरेका पोखरा–३२ का हरिशचन्द्र सुवेदीले पोखरादेखि नारायणगढ सडक ठाउँठाउँमा अवरुद्ध भएको खबरसँगै आफ्नो यात्रा स्थगित गरेका छन् । वर्षाकै कारण सुवेदीजस्तै धेरैले परिवारसहित घुम्न जाने कार्यक्रम स्थगित गरेरका छन् ।

दसैँका बिदा पारेर अधिकांश पोखरेली छोटो दूरीको टे«किङ तथा मुक्तिनाथ पुग्नका लागि निस्कने गर्थे तर वर्षाका कारण यस वर्षको दसैँमा त्यस्ता कार्यक्रम स्थगित भइरहेको जानकारी पोखराका ट्रेकिङ व्यवसायी सुशील पौडेलले दिए ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ९ : २८ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका