एमाले-राप्रपा बैठक अनिश्चित « Khabarhub

एमाले-राप्रपा बैठक अनिश्चित


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चुनावी तालमेल गर्ने निर्णयमा पुगेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको बैठक अनिश्चित भएको छ ।

शुक्रबार बेलुकीसम्म बसेर सिट संख्यामा सहमति गरेका राप्रपा र एमालेको बैठक आज (शनिबार) बस्ने भने पनि निश्चित नभएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन गृहजिल्ला झापा गएका कारण बैठक कति खेर बस्छ भन्ने तय नभएको उनले बताए।

चुनावी तालमेलका लागि राप्रपाका शीर्ष नेताहरु हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।

एमालेसँगको सहमतिपछि राप्रपाले आज पार्टीको सिट सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ५६ बजे

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल

राहदानी खरिद प्रकरण : प्रतिवादीलाई यसरी लगिएको थियो विशेषमा (तस्बिरहरू) 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा मुद्दा दायर