सत्ता गठबन्धनसँग निर्णायक वार्ताका लागि लोसपाका नेताहरु बालुवाटारमा « Khabarhub

सत्ता गठबन्धनसँग निर्णायक वार्ताका लागि लोसपाका नेताहरु बालुवाटारमा


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्ता गठबन्धनसँग सिटको अन्तिम टुंगो लगाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु बालुवाटार पुगेका छन् ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी जसपा समान सिट बाँडफाँड नभएको भन्दै गठबन्धनबाट बाहिरिएपछि लोसपा भित्रिएको हो । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग २५ सिटको वरिपरि पाउने भएपछि सत्ता गठबन्धनबाट बाहिरिएको थियो ।

जसपा बाहिरिने सुइको पाउनेवित्तिकै सरकारमा जान र चुनावी तालमेल गर्न लोसपा बालुवाटार पुगेको थियो । लोसपालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ सिट दिने बताएको स्रोतले जनाएको छ ।

आज बिहान ८ बजे बैठकका लागि बोलाए पनि ९ बजेसम्म बैठक सुरु नभएको बालुवाटार पुगेका लोसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

‘अहिले हामी छलफलका लागि बालुवाटारमा आएका छौँ तर बैठक सुरु भएको छैन। कति सिट भन्ने अहिले छलफल हुन्छ’, उनले भने।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ०० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले