प्रतिनिधि र प्रदेश सभा निर्वाचन : उम्मेदवारी दर्ता भोलि « Khabarhub

प्रतिनिधि र प्रदेश सभा निर्वाचन : उम्मेदवारी दर्ता भोलि


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि (आइतबार) प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने भएको छ।

उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि सॅाझ ५ बजेसम्म समय निर्धारण गरिएको आयोगले जनाएको छ। उम्मेदवारी दर्ता गराउँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। यसैगरी मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ।

दलको उम्मेदवारको हकमा दफा १८ बमोजिमको औपचारिक पत्र (प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ७ बमोजिम) र धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर हुनुपर्ने आयोगले जनाएको छ।

सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्दैछ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ०७ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले