एमालेले खोटाङबाट बिशाल भट्टराईलाई लडाउने « Khabarhub

एमालेले खोटाङबाट बिशाल भट्टराईलाई लडाउने


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा एमालेले खोटाङमा बिशाल भट्टराईलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको टिकट दिएको छ । आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि एमालेले प्रमुख सचेतक भट्टराईलाई टिकट दिएको हो । जिल्ला कमिटिबाट भट्टराईसहित उषाकला राई, खगेन्द्र राई, देवान राई, पाँचकर्ण राई (पिके), रमेश पौडेल र राजनप्रसाद ढकालको नाम सिफारिस भए पनि भट्टराईले टिकटमा बाजी मारेका हुन् । भट्टराई २०७० को संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए ।

यस्तै, एमालेले खोटाङ प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’मा रामप्रसाद दंगाललाई टिकट दिएको छ । राई २०७० को संविधानसभा सदस्यमा विजयी भएका थिए । उनलाई प्रतिनिधिसभा सदस्यमा सिफारिस गरिए पनि केन्द्रीय कमिटिले प्रदेशको टिकट दिएको हो । ‘अनटेष्टेड’ दंगाल एमालेका जिल्ला अध्यक्ष हुन् । प्रदेशसभा ‘क’बाट प्रत्यक्षमा चार जनाको नाम सिफारिस हुँदा प्रदेशसभा ‘ख’बाट दंगालको एकल नाम सिफारिस भएको थियो ।

गठबन्धनबाट माओवादी केन्द्रलाई टिकट
गठबन्धनबाट प्रतिनिधिसभाको टिकट नेकपा माओवादी केन्द्रले पाएको छ । यस्तै, प्रदेशसभा ‘क’ नेकपा (एकीकृत समाजवादी) र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसको भागमा परेको छ । तर अहिलेसम्म गठबन्धनबाट उठ्ने उम्मेदवारको आधिकारिक टुंगो लागेको छैन । गठबन्धनको टिकट वितरणप्रति कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : ४० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर