रक्सी खाएर कार चलाउँदा जमलमा दुर्घटना, चालक घाइते | Khabarhub Khabarhub

रक्सी खाएर कार चलाउँदा जमलमा दुर्घटना, चालक घाइते


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार बिहानै काठमाडौंको जमलमा कार दुर्घटना भएको छ । बा ११ च ३६०४ नम्बरको कार केशरमहलबाट जमलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

तीव्र गतिमा रहेको कार सडकमा उत्तानो परेपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कारका चालक बिजेन दुवाल श्रेष्ठ घाइते भएका छन् । उनीसँगै कारमा रहेका अन्य ३ जना पनि सामान्य घाइते भएका छन् ।

दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ । कार केही पर गएर उल्टिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका इन्स्पेक्टर दयाकृष्ण भट्टले जानकारी दिए ।

कार जमलको एल्लो प्यागोडा होटल अगाडी रेडिङमा ठोक्किएर दुर्घटनामा परेको हो । कार उछिटिएर जमलमा रोकिराखेको पर्यटकको माइक्रोलाइ ठक्कर दिन पुगेको थियो । चालकले मापसे गरेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ९ : ५८ बजे

सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश

मकवानपुर– बागमती प्रदेश सरकारले आफ्नो सीमा प्रवेश गर्ने नाकामा अत्याधुनिक

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज पनि जारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक

रास्वपा केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको

आजदेखि देशभर जलपक्षी गणना गरिँदै

कञ्चनपुर– देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै

पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल