महेश बस्नेतलाई हराउन भक्तपुर-२ मा कांग्रेस जिल्ला सभापतिलाई टिकट  « Khabarhub

महेश बस्नेतलाई हराउन भक्तपुर-२ मा कांग्रेस जिल्ला सभापतिलाई टिकट 


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसले जिल्ला पार्टी सभापति दुर्लभ थापालाई टिकट दिएको छ । यो क्षेत्रका सशक्त उम्मेदवार एमालेका युवा नेता महेश बस्नेतविरुद्ध पार्टी सभापति थापालाई नै उम्मेदवारका लागि टिकट दिएको हो ।

यसअघि पार्टी केन्द्रीय सदस्य एवं मध्यपुर थिमीका पूर्व मेयर मदनकृष्ण श्रेष्ठको पनि यस क्षेत्रमा दाबी थियो । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै हो । पछिल्लो स्थानीय निकायको निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको थियो । तर, एमालेका मेयर बासुदेव थापा कांग्रेसका मेयर उम्मेदवार निशान ढुङ्गेललाई झिनो मतान्तरले पराजित गरी विजयी भएका थिए ।

यो क्षेत्रमा कांग्रेस र एमालेको जितमा नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी निर्णायक हुने देखिन्छ । तर, नेपाल मजदुर किसान पार्टीेले जितकै लागि सिद्धान्तहीन एकता नगर्ने भन्दै आएकोले उसको आफ्नै छुटै उम्मेदवार हुने निश्चित छ । यस हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन जता हुन्छ उसैको जित हुने विश्लेषण छ ।

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमालेका महेश बस्नेत भारी मतअन्तरले जितेका थिए । उक्त बेला कांग्रेसले पूर्वसभामुख दमननाथ ढुङ्गानालाई टिकट दिएको थियो । त्यसबेला टुरिस्ट उम्मेदवार उठाएको भन्दै कांग्रेसभित्रै ठूलो आलोचना भएको थियो ।

यसअघि सता गठबन्धनले भक्तपुरमा सिट बाँडफाँडमा प्रतिनिधि सभातर्फ क्षेत्र नं २ को प्रतिनिधि सभाको भाग कांग्रेसले पाएको थियो । सोही अनुसार कांग्रेसले जिल्ला सभापति थापालाई टिकट दिएको हो ।

क्षेत्र नं १ भने माओवादी केन्द्रको भागमा परेको थियो । सत्ता गठबन्धनको सिट बाँडफाँडमा प्रदेश सभा १ क, १ ख, २ क कांग्रेसको भागमा परेको छ भने २ ख एकीकृत समाजवादीको भागमा परेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ५८ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल