लमही–घोराही प्रसारण लाइनको टावर ढाल्यो « Khabarhub

लमही–घोराही प्रसारण लाइनको टावर ढाल्यो


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षासँगै गएको पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको एउटा टावर ढलेको छ । शुक्रबार गएको पहिरोले लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत लमही नगरपालिका–६, बेल्दामारस्थित १८ नं टावर ढालेको हो ।

प्रसारण लाइनमा ढलेपछि त्यस क्षेत्रको विद्युत आपूर्तिमा अवरोध भएको थियो । प्राधिकरणले अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिइएको छ । प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरू सञ्चालित छन् ।

प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेपछि आपतकालीन पुनर्स्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्ति दिने छ । इआरएस टावर जडानका लागि सर्वेक्षण गर्न टोली खटाइएको छ । टावर जडान गर्न केही दिन लाग्ने छ । 

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ३ : १४ बजे

परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र