बस्तीमा बाढी पसेपछि छ सय जनाको सडकमा बास « Khabarhub

बस्तीमा बाढी पसेपछि छ सय जनाको सडकमा बास


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा केही दिनदेखिको लगातारको वर्षाका कारण घर डुबानमा परेपछि बाढीपीडित हुलाकी सडकमा टहरा निर्माण गरी बसेका छन् । भजनी नगरपालिका–८ का दुई सय ५० घरधुरीका अन्दाजी छ सय जना अहिले हुलाकी सडकमा अस्थायी बसोबासका लागि टहरा निर्माण गरी बसोबास गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । 

उनका अनुसार भजनी नगरपालिका–३ का ७० घर धुरीका अन्दाजी दुई सय ५० जना सोही नगरपालिकास्थित रहेको राष्ट्रिय माध्यामिक विद्यालय ढुसीमा र वडा नं ३ का १५ घरधुरीका अन्दाजी ६० जना मानिस हुलाकी सडकखण्डको किनारमा त्रिपाल रोकी बसेका छन् ।

अविरल वर्षाका कारण कान्द्रा र मोहना नदीमा आएको बाढी कारण भजनी नगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । वर्षाले भजनी नगरपालिकाको वडा नं ३, २, ७ र ८ का पल्टापुर, मोहनपुर तिनघरुवा, शिविर टोल, खल्ला टोल र पाण्डे टोललगायतका बस्तीमा बाढी पस्दा घर डुबानमा परेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ६ : २६ बजे

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका