लगातारको वर्षाले जनजीवन कष्टकर, दसैँ मनाउन आएका गाउँमै « Khabarhub

लगातारको वर्षाले जनजीवन कष्टकर, दसैँ मनाउन आएका गाउँमै


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – दसैँको दिन अपराह्नपछि मौसम परिवर्तन भई अविरल वर्षा सुरु भएको थियो । तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण ग्रामीण सडक अवरुद्ध छन् । जनजीवन कष्टकर भएको छ ।

डडेल्धुराको भित्रीमधेस क्षेत्र आलितालमा बाढी पहिराको त्रास छ भने पहाडी भेगमा पहिराको । गत वर्ष पनि असोज कात्तिकमा भएको झरीले ठूलो नोक्सान बेहोर्नु परेको डडेल्धुरावासी यसपटक पनि निरन्तर भइरहेको वर्षाले पिरोलोमा छन् ।

गत वर्षको बाढीपहिरोबाट पीडित परिवार अहिले पनि अर्काको घरमा साहारा लिइ बसेका छन् । पहिराका कारण घरखेत गुमाउनुपरेको अजयमेरु–१ मुद्राडका केशव पार्की अहिले पनि आफन्तको घरमा बस्दै आएका छन् । मुक्त हलिया भएका कारण सरकारद्वारा निर्माण गरिएको केशव पार्कीको घर गत वर्षको पहिरोले पूर्णक्षति पारेको थियो । उहाँ परिवारसहित आफन्तको जीर्ण घरमा बस्दै आएका छन् ।

त्यसैगरी अमगढी–१ भेटाका पहिरोपीडित पनि पुरानै ठाउँमा बसिरहेका छन् । वर्षा एकनाश भइरहेको छ । जोेखिम उत्तिकै रहेकाले सतर्कताका साथ गाउँलेलाई सुरक्षित रहन आग्रह गरिएको वडाध्यक्ष लोकबहादुर ऐरले बताए । भेटामा मात्रै करिब तीन दर्जन परिवारले बसोबास स्थानान्तरणका लागि सरकारसँग माग गरी रहेका छन् ।

त्यसैगरी गन्यापधुरा–१ रुवाखोला क्षेत्रमा पनि गत वर्षको पानीले ठूलो धनजनको क्षति पु¥याएको थियो । अहिले पनि उनीहरु त्रसित छन् । सरकारले त्यस क्षेत्रलाई पहिरोपीडित क्षेत्रका रुपमासमेत घोषणा गरेको थियो ।

त्यसैगरी पर्शुराम नगरपालिका क्षेत्रमा पर्ने महाकाली, रङ्गुन, पन्तुरा र शीर्ष नदीले बर्सेनि दर्जन गाउँ कटान गर्दै आएको छ । गएको साता परेको वर्षाले मात्रै रङ्गु नदीमा लगाएको तटबन्द भत्काएर बाढीले गाउँ र खेतमा क्षति पु¥याएको थियो । जसका कारण मानवीय क्षति नभए पनि पशुचौपाया र खेतपाती नष्ट भएकोे नगरप्रमुख भरत बढाऐर जोशीले बताए ।

उनको सक्रियतामा फुटेको ठाउँमा पुनः तटबन्ध लगाएको तर अहिले पनि जोखिम त्यसै रहेको प्रमुखको भनाइ छ । निरन्तरको वर्षाले मानव जीवन दैनिक कष्टकर भइरहेको छ । डडेल्धुरा जिल्लाकै सबैभन्दा बढी विपद् हुने क्षेत्रमा पर्ने पर्शुराम नगरपालिका क्षेत्रका एक दर्जन गाउँ महाकाली, रङ्गुन र शीर्ष नदीको जोखिममा छन् ।

पर्शुराम नगरपालिका सरकुणा, सिसमजला, कुणा, कराली, भुरकुण्डा, तातोपानी, चन्दनी, सिमलखेत, कटाल, परिगाउँ र बासगैरा तथा आलिताल गाउँपालिकाका गोदाम, घुमती, स्यालचौडी रङ्गुन नदीमा आउने बाढीको जोखिममा छन् भने बलौचा, ओवा, खैरेनीलगायत गाउँ पहिरोको जोखिममा परेका छन् । बलौचा गाउँका ४० परिवार पहिरोको जोखिमलाई हेरी सुरक्षित स्थानमा अस्थायी बसोबास बनाइ सारिएका छन् ।

दसैँमा आएका गाउँमै

बिहीबारदेखि लगातार परेको झरीले डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन कष्टकर भएको छ । जिल्लाका ग्रामीण सडक पहिराका कारण अवरुद्ध छन् । दसैँको टीका थाप्न र कूलदेवताको पूजा गर्न आएका मानिस गाउँमै रोकिएका छन् । केही दिनका लागि आफन्तका घरमा आएका पाहुना पनि फर्किन पाएका छैनन् ।

दसैँका लागि नै भनेर गाउँ माइती घर आएकी बताउने शान्ति भण्डारी पनि अहिले माइतीमै छन् । वर्षाले बाटो अवरुद्ध पारेपछि केटाकेटीसहित कसरी फर्किने भन्ने पीर बढेको उनको भनाइ छ ।

अन्य जिल्लामा बस्दै आएका तर दसैँको पूजाआजाका लागि गाउँ फर्केका पनि गन्तव्यमा जान पाइरहेका छैनन् । पानी पर्न रोकिएसँगै गन्तव्यतिर लाग्ने उनीहरु बताउँछन् । वर्षाले गर्दा भिमदत्त राजमार्ग पनि एकतर्फीरुपमा मात्रै सञ्चालन रहेको यातायात व्यवसायीको भनाइ छ ।

दसैँको टीकाको दिनदेखि बदली भएको मौसमले अविरल झरीसहित भारी वर्षा हुन थालेपछि पाँच दिनसम्म मनाउने दसैँको टीकाका साथै खेतीपातीमा पनि असर परेको छ ।

धान काट्ने र चुट्ने बेलामा तीन दिनदेखि परिरहेको वर्षाले कृषकलाई चिन्तित बनाएको छ । भने गाईबस्तुको स्याहार र आम सर्वसाधारणलाई पनि आवतजावतमा समस्या भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ८ : ५६ बजे

बाघको संरक्षणमा जोड

रौतहट– बाघको संरक्षण गर्न सबै तहतप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ

मापसेबाट गत वैशाखमा देशभर १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

काठमाडौँ– गत वैशाख महिनामा देशभर मादक पदार्थ सेवन (मापसे) गरेर

केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो हावा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अनिल शाहको कप्तानीमा भारतसँग खेल्ने नेपाल ‘ए’ टिम घोषणा

काठमाडौँ – भारतमा आयोजना हुने ‘अल इन्डिया गोल्ड कप’ क्रिकेट

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

काठमाडौँ – हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी