आईफोनका परिकल्पनाकार जोनीले एप्पल कम्पनी छाडे « Khabarhub

आईफोनका परिकल्पनाकार जोनीले एप्पल कम्पनी छाडे


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-विश्व चर्चित मोवाइल आईफोन तथा आईपोड र आईम्याकका परिकल्पनाकार जोनी आइभले एप्पल कम्पनी छाडेका छन् । उनले नयाँ व्यवसाय शुरु गर्न भन्दै २ दशकदेखि कार्यरत कम्पनीबाट बिदा लिएका हुन् ।

एप्पल कम्पनीलाई विश्वकै मूल्यवान व्यवसाय बनाउन सहयोग गरेका उनले नयाँ र सिर्जनात्मक काम गर्ने बताएका छन् । एप्पललाई चर्चित बनाउने आईफोन, आईपोड र आईम्याकका कल्पनाकार आइभले लभफ्रम नामक व्यवसाय शुरू गर्ने र त्यसको पहिलो ग्राहक एप्पल हुने बीबीसीले उल्लेख गरेको छ ।

एप्पलका प्रमुख टिम कुकले ‘एप्पललाई पुनर्जीवन दिन जोनीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । जोनीले सन् १९९८ मा आईम्याक बनाएका थिए । आइभका एप्पलका साथी र सहयोगी मार्क न्युसनले पनि लभफ्रममा काम गर्ने बताइएको छ।

आईफोन इतिहासमै सबैभन्दा बढी नाफा कमाएको वस्तु हो । उनी सन् १९९६ मा एप्पलको आर्थिक अवस्था कमजोर भएको बेला डिजाइन स्टुडियोका प्रमुख भएका थिए।

एप्पलको आर्थिक अवस्थामा सुधार सन् १९९८ मा आईम्याक र सन् २००१ मा आईपोडको निर्माणपछि भयो। त्यसपछि उनकै नेतृत्वमा सन् २००४ – आईपोड मिनी बन्यो । सन् २००७ – आईफोन बन्यो भने सन् २००८ – म्याकबुक एअर, सन् २०१० – आईप्याड, सन् २०१५ – एप्पल वाच र सन् २०१६ – एअरपोड बनाएका थिए।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  १० : ५९ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु