ओलीले कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी « Khabarhub

ओलीले कमल थापालाई समर्थन गरेपछि एमाले मकवानपुरको पार्टी कार्यालयमा तालाबन्दी


२३ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमाले मकवानपुरमा टिकटलाई लिएर विवाद भएको छ । सुरुमा पार्टी नेतृत्वले मकवानपुर १ मा रामेश्वर रानालाई टिकट दिएको थियो ।

तर, आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर १ मा समर्थन गर्ने सहमति गरेपछि मकवानपुर एमालेमा भाँडभैलो सुरु भएको हो।

एमालेको गढ मानिएको निर्वाचन क्षेत्रमा राप्रपा नेपाललाई छाडिदिएपछि एमाले मकवानपुर पार्टी कार्यालयमा तालाबन्दी लगाइएको छ । यसअघि यो निर्वाचन क्षेत्रमा एमालेका कृष्णप्रसाद दाहालले चुनाव जितेका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  १ : २८ बजे

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज– वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २३ अर्ब ४६

केही भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल