कपिलवस्तुमा स्वतन्त्रसहित १४६ जनाको मनोनयन दर्ता « Khabarhub

कपिलवस्तुमा स्वतन्त्रसहित १४६ जनाको मनोनयन दर्ता


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कपिलवस्तुबाट १४६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

जिल्लाका तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्रतर्फ गरी उक्त सङ्ख्यामा आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं १ बाट २२ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यस क्षेत्रबाट सत्ता गठबन्धनले नेकपा (माओवादी केन्द्र)का चक्रपाणि खनाललाई उम्मेदवार बनाएको छ । नेकपा (एमाले)ले बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ ।

प्रदेशसभा–१ (क)तर्फ भने सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डोलकराम घिमिरेले र एमालेलेका तर्फबाट विष्णु पन्थीले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा (ख) तर्फ सत्ता गठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी)ले फैजल खानलाई उम्मेदवार बनाएको छ । माओवादी, कांग्रेसले सहसराम यादवलाई उम्मेदवार बनाएको छ । यादव जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी कांग्रेसमा आएर टिकट पाए । यहाँ एमालेले मधुसुदन शरण चौधरीलाई उम्मेदवार बनाएको छ ।

प्रतिनिधिसभा–२ मा ११ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । यहाँ सत्ता गठबन्धनले कांग्रेसका सुरेन्द्रराज आचार्यलाई उम्मेदवार बनाएको छ । एमालेले वृजेशकुमार गुप्तालाई उठाएको छ । प्रदेशसभा–२ (क) मा सत्ता गठबन्धन बाट कांग्रेसका विक्रमसिंह थापाले मनोनयन दर्ता गराएका छन् । एमालेबाट नवराज लामिछानेले मनोनयन दर्ता गराएका छन् । प्रदेशसभा–२ (ख) मा सत्ता गठबन्धनले कांग्रेसबाट सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ । एमालेले धर्मबहादुरलाल श्रीवास्तवलाई उम्मेदवार बनाएर मनोनयन दर्ता गराएको छ ।

प्रतिनिधिसभा–३ मा १८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट कंग्रेसका अभिषेकप्रताप साहले मनोनयन दर्ता गराए । एमालेले मङ्गलप्रसाद गुप्तालाई उठाएको छ । प्रदेशसभा–२ (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका एहसान खान उम्मेदवार बनेका छन् । एमालेले अर्जुन केसीको मनोनयन दर्ता गराएको छ ।

प्रदेशसभा–३ (ख)मा सत्ता गठबन्धनबाट वीरेन्द्र कानौडिया र एमालेबाट रजाउर्मान खाँले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ४० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

सुदूरपश्चिम– लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस

दुग्धजन्य उत्पादनमा शुल्क वृद्धि ‘अनुचित’ 

ब्रसेल्स– चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ

तेहरान– इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको र

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको