प्रतिनिधि सभातर्फ २५ सय, प्रदेश सभातर्फ ३४ सय उम्मेदवारी | Khabarhub Khabarhub

प्रतिनिधि सभातर्फ २५ सय, प्रदेश सभातर्फ ३४ सय उम्मेदवारी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हालसम्म ५ हजार ९३८ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले आइतबारलाई उम्मेदवारी मनोनयनको मिति तोकेको थियो । आइतबार मनोनयन गरेका उम्मेदवारको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टि गर्नेक्रम जारी छ ।

हालसम्म ५ हजार ९३८ जनाको मनोनयन प्रणालीमा प्रविष्ट भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको लागि उम्मेदवारी मनोनयन गर्नेमध्ये ५ हजार ४०८ जना पुरुष (९१.०७ प्रतिशत) र ५२९ जना महिला (८.९० प्रतिशत) रहेका छन् ।

पौडेलका अनुसार प्रतिनिधि सभा तर्फ हालसम्म २ हजार ५०२ जना उम्मेदवारको मनोनयन प्रविष्ट भएको छ । मनोनयनमा परेकामध्ये २ हजार २६९ जना पुरुष र २३३ जना महिला छन् ।

यस्तै, प्रदेश सभातर्फ हालसम्म ३ हजार ४३६ जना उम्मेदवारको मनोनयन परेको छ । उम्मेदवारी दिनेमध्ये ३ हजार १३९ प्रतिशत पुरुष, २९६ जना महिला र अन्य १ जना रहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १२ : ३४ बजे

हेटौँडामा सुविधासम्पन्न प्रहरी अस्पताल निर्माण हुँदै

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडा– १७ हटियामा ३० शय्याको सुविधा

तरकारी तथा फलफूलको मूल्य निर्धारण, मालदह आँप प्रतिकेजी ११० रुपैयाँ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि

एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस हुनुहुँदैन : सूर्य थापा

काठमाडौं– नेकपा एमालेका नेता सूर्य थापाले सङ्घीय मामिला तथा सामान्य

झिल्के कोट र चटके बोलीले धानेको इज्जत !

बलिउड सुपरस्टार राजेश खन्ना र अमिताभ बच्चनले ७० को दशकमा

पानी कहीँ पेट्रोल नभइहालोस्

पानी कहीँ पेट्रोल ने भ जाए अर्थात् पानी कतै पेट्रोल