जीप दुर्घटनामा १ जनाको मृत्यु | Khabarhub Khabarhub

जीप दुर्घटनामा १ जनाको मृत्यु


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ– शनिबार विहान बागलुङको बरेङमा भएको यात्रुबाहक जीप दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बरेङदेखि बागलुङ बजारका लागि छुटेको ध १ ज ४९१ नम्बरको जीप बरेङमा दुर्घटना हुँदा बरेङ गाउँपालिका–३ नयाँ बजारकी ७५ वर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रोकी राखेको जीप अचानक गुडेर पल्टिँदा खत्रीको मृत्यु भएको हो । दुर्घटनामा  अर्का एक जना घाइते भएका प्रहरीले जनाएको छ । गाडी सुदला चोकमा रोकेर राखेर चालक हीरा काउचा यात्रु बोलाउन बेला गाडी गुडेर पल्टेको थियो ।

मृत्तक खत्रीले जीपबाट हामफाल्दा छातीमा चोट लागेको र उपचारका लागि पाल्पा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीचौकी बरेङ डाँडाले जनाएको छ । दुर्घटनामा हुग्दिशिर बाझाडीकी डेढ वर्षीया टेरिसा परियार घाइते भएकी छिन् । उनलाई उपचारको लागि पाल्पा पठाइएको छ । जीपमा चार जनायात्रु सवार थिए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  २ : ४१ बजे

सङ्खुवासभामा शुक्रबार बिहानसम्म कर्फ्यु

खाँदबारी– जेन–जी आन्दोलनसँगै उत्पन्न सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी जिल्ला प्रशासन

बालेनसँग आक्रोशित हर्क : संकट पर्दा लुकेर मैदानमा नउत्रिएको आरोप

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर

‘संकट समाधानको नेतृत्व राष्ट्रपतिले गर्नुपर्छ’

काठमाडौं– नेपालका लेखक तथा राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको

यस्ता छन् राजकिशोरले अघि सारेका संकट समाधानका चार विकल्प

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपाललका उपाध्यक्ष एवम् प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध

एनसेलले बढायो निःशुल्क लोकल कल, एसएमएस र इन्टरनेटको समयसीमा

काठमाडौं– टेलिकम सेवा प्रदायक एनसेलले मंगलबारबाट दिन थालेको निःशुल्क लोकल