रोम एक्स्पो–२०३० मा भाग लिन नेपाललाई इटालीको आह्वान « Khabarhub

रोम एक्स्पो–२०३० मा भाग लिन नेपाललाई इटालीको आह्वान


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र भारतका लागि इटालीका राजदूत भिनसेन्जो डे लुकाले रोम एक्स्पो–२०३० (रोम मेला–२०३०) मा भाग लिन नेपाली समुदायसँग आह्वान गरेका छन् ।

रोम सहरको ऐतिहासिक कला, संस्कृति, सभ्यता र धरोहर झल्काउने भिडियो र तस्बिर प्रदर्शनीका अवसरमा आज ठमेलस्थित एलोफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा राजदूत लुकाले सन् २०३० मा रोममा हुने बृहत् मेलामा भाग लिई लाभान्वित हुन नेपाली सङ्घसंस्था, उद्यमी–व्यवसायीलगायत नेपाली समुदायसँग अनुरोध गरेका हुन् ।

इटालीको राजधानी रोममा हुने बृहत् मेलामा विश्वका ४० लाखभन्दा बढी सङ्घसंस्थाको सहभागिता हुने बताउँदै उहाँले आपसी सहयोग, सहकार्य र सहअस्तित्वका आधारमा घनिष्ट सम्बन्ध भएको सुन्दर देश नेपालका तर्फबाट उल्लेख्य सहभागिता हुने विश्वास व्यक्त गरे ।

विश्वका प्रतिष्ठित सङ्घसंस्था, व्यक्ति र कम्पनीलगायतले भाग लिने बृहत् रोम मेलामा ऐतिहासिक सम्पदा, कला, संस्कृति, आविष्कार, दिगो विकास, विज्ञान प्रविधि, हरियाली, वातावरण संरक्षण, उद्यमशीलतालगायतका क्षेत्रमा अनुभवको आदानप्रदान भई समग्र विश्वसमुदाय लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

इटालीका लागि नेपाली अवैतनिक वाणिज्यदूत प्रतिमा पाण्डेले कला, संस्कृति, सभ्यता र विकासका दृष्टिले सम्पन्न मुलुक इटालीसँग नेपालको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै बृहत् रोम मेलाबाट नेपाल पनि लाभान्वित हुनसक्नुपर्ने धारणा व्यक्त गरे ।

रोम सहरको कला, संस्कृति, सभ्यता, विकास झल्काउने २१ तस्बिर र चित्रकलासमेत राखिएको प्रदर्शनी दुई हप्तासम्म चल्ने बताइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ९ : १७ बजे

खाद्य गुणस्तरका लागि नियमित बजार अनुगमन गर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीत चौधरीले खाद्य गुणस्तर

सुकुम्वासी परिवारको डिजिटल लगत बनाउँदै सरकार, बैंकमा सहायता रकम हाल्दिने तयारी

काठमाडौं । सरकारले उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको एकीकृत

बाढीपहिरोका कारण अवरुद्ध पाँच राजमार्ग एकतर्फी सञ्चालन

काठमाडौं । यही वैशाख २१ गतेदेखिको वर्षासँगै आएको बाढीपहिरोका कारण

स्थानीय तहलाई कम्पनी दर्ता र सेयर खरिदको बाटो खुल्यो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि

नेपाल बारले भन्यो : अध्यादेशमा न्यायपालिकालाई कार्यपालिकाको छायामा मनसाय देखियो

काठमाडौं- नेपाल बार एसोसिएसनले आफ्ना सल्लाहकारसँगको छलफलपछि न्यायपालिकालाई कार्यपालिकाको छायामा