कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने पुटिनको चेतावनी « Khabarhub

कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने पुटिनको चेतावनी


२४ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रुसी सेनाले युक्रेनमा सोमबार बिहानै घातक बमबारी गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीभविरुद्ध अझ ‘कडा’ प्रतिशोध लिने चेतावनी दिएका छन् ।

युक्रेनमा सोमबार भएको महिनौँयताकै सबैभन्दा ठूलो हवाई आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । यो सप्ताहन्तमा रूसलाई मस्कोसँग जोडिएको क्रिमियाली प्रायद्वीपसँग जोड्ने एउटा महत्वपूर्ण पुलमा क्षति पु¥याएको विस्फोटको प्रतिशोध थियो ।

युक्रेनी सेनाले देशका विभिन्न शहरमा रूसी सेनाल ८० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको र रूसले छिमेकी बेलारूसबाट प्रक्षेपण गरिएका इरानी ड्रोनपनि प्रयोग गरेको जनाएको छ ।

पुटिनले आफ्नो सुरक्षा परिषद्लाई टेलिभिजनमार्फत सम्बोधन गर्दै भने, ‘यसमा कुनै शङ्का नहोस्, यदि ‘आतङ्कवादी हमला’को प्रयास जारी रह्यो भने रूसको प्रतिक्रिया कडा हुनेछ ।’

पुटिनका पूर्ववर्तीसमेत रहेका नेता दिमित्री मेदभेदेभले सामाजिक सञ्जालमार्फत युक्रेनमा पानी र बिजुली सेवा अवरुद्ध पार्ने आक्रमण सुरूवात मात्र भएको चेतावनी दिए।

रूसको रक्षा मन्त्रालयले युक्रेनी ऊर्जा, सैन्य कमाण्ड र सञ्चार केन्द्रलाई निशाना बनाएको पुष्टि गर्दै आक्रमण सफल भएको र ’आफ्नो उद्देश्य हासिल गरेको’ दाबी गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : २९ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध