आफूविरुद्ध परेको उजुरीको आज जवाफ दिनुपर्ने « Khabarhub

प्रदेश र प्रतिनिधिसभा निर्वाचन :

आफूविरुद्ध परेको उजुरीको आज जवाफ दिनुपर्ने


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेदवारविरुद्ध परेको उजुरीबारे जवाफ दिनका लागि आज समयसीमा तोकिएको छ।

आइतबार उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध सोमबार परेको उजुरीको जवाफ दिनका लागि मंगलबार दिउँसो २ बजेसम्मको समय सीमा तोकिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छेदारसहितका उम्मेदवारविरुद्ध निर्वाचन कार्यालय र सम्बन्धित केन्द्रमा उजुरी परेको छ।

देशैभरका उम्मेदवारविरुद्ध परेको उजुरी पछि आयोगले छानबिन गरी आजै जवाफ दिन सम्बन्धित उम्मेदवारलाई सूचना गरिसकेको निर्वाचन कार्यालयले जानकारी गराएको छ।

निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय सीमा पनि तोकिसकिएको छ। सोही दिन दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ४५ बजे

निर्वाचन आउन ७६ दिन बाँकी : समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

काठमाडौं – समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ४ गते शुक्रबार तदनुसार

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश