नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिसका ४ सय ९५ खेलाडी « Khabarhub

नवौं राष्ट्रिय खेलकुदमा नेपाल पुलिसका ४ सय ९५ खेलाडी


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद २०७९ मा नेपाल प्रहरीको तर्फबाट विभिन्न खेलमा ४९५ जना खेलाडीले सहभागी जनाउने भएका छन्।

नेपाल प्रहरीका अनुसार ४ सय ९५ खेलाडीका लागि ९२ जना अफिसियल गरी कुल ५ सय ८७ जनाले सो खेलकुदमा भाग लिनेछन्।

जसअनुसार नेपाल पुलिस क्लबले एथलेटिक्स, क्रिकेट, फुटबल, आई टि एफ तेक्वान्दो, आर्चरी, उसु, कबड्डी, कराँते, कुस्ती, खो–खो, गल्फ, जुडो, टेबल–टेनिस, ट्रायथलन, तेक्वान्दो, पौडी, फुल कन्ट्याक्ट कराँते, बक्सिङ, बास्केटबल र बुद्धिचालमा नेपाल प्रहरीका खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी भलिवल, भारोत्तोलन, रग्बी लन टेनिस, व्याडमिन्टन, शारीरिक सुगठन, सफ्ट टेनिस, सुटिङ र हक्कीमा पनि प्रहरीका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताइएको छ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ४५ बजे

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार