लुम्बिनीमा एमालेबाट मुख्यमन्त्रीको दौडमा गिरी | Khabarhub Khabarhub

लुम्बिनीमा एमालेबाट मुख्यमन्त्रीको दौडमा गिरी


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशसभा सदस्यमा उम्मेदवारी मनोनयनसँगै एमालेबाट सम्भावित मुख्यमन्त्रीको परिदृश्य देखिएको छ । एमाले पोलिटब्युरो सदस्य लिला गिरी मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसअघिको प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका गिरी एमालेले अहिले उठाएका उम्मेदवारमा सबैभन्दा सिनियर हुन् । उनले रूपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट उम्मेदवारी दिएका छन् । एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीको अबको प्रयास मुख्यमन्त्री बन्ने रहेको छ । अर्का पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट उम्मेदवारी दिएका छन् । उनी पनि एमाले लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज छन् । 

‘प्रदेशसभामा सांसद र मन्त्री भई निष्कलंक छविको रुपमा परिचय बनाएका व्यक्ति प्रदेशसभा सांसद मात्र हुन प्रदेशमा फेरि जाने कुरा भएन’, उनीनिकट एक नेताले भने, ‘प्रदेशमै एमालेको सरकार बन्ने अवस्था आएमा गिरी नै मुख्यमन्त्रीका लागि सम्भावित दाबेदार हुन् ।’

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ३१ बजे

म्याग्दीको ओखरबोटमा पुनः तामाखानी सञ्चालन गर्न अन्वेषण सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनः

मध्यपुरथिमिको ऐतिहासिक जिब्रो छेड्ने जात्रा सम्पन्न

भादगाउँ– मध्यपुरथिमिमा आश्विन शुक्ल पूर्णिमाको अवसरमा आइतबार मनाइएको ‘येंया पुन्ही

यसवर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

काठमाडौं– भाद्र शुक्ल पूर्णिमाका दिन आइतबार राति खग्रास (पूरै ढाकिने)

चेपाङ समुदायले मनाए सामूहिक रुपमा ‘न्वाङ्गी’

चितवन– चेपाङ समुदायले सामूहिक रुपमा न्वाङ्गी (छोनाम) पर्व मनाएका छन्

बागलुङमा खायन आलुखेतीको क्षेत्र विस्तार

बागलुङ– बागलुङका कृषकलाई आलु खेतीतर्फ आकर्षित गर्न ‘खायन आलु’ उत्पादन