शाहिदको चलचित्र ‘कबिर सिंह’ ब्लकबस्टर बन्न सफल, हप्ता दिनको कमाइ डेढ सय करोड « Khabarhub

शाहिदको चलचित्र ‘कबिर सिंह’ ब्लकबस्टर बन्न सफल, हप्ता दिनको कमाइ डेढ सय करोड


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेता शाहिद कपुर र नायिका कायारा आड्वानी स्टारर चलचित्र ‘कबिर सिंह’ ले बक्स अफिसमा एक हप्ता पूरा गर्दा डेढ सय करोड हाराहारीको कमाइ गरेको छ । चलचित्र रिलिज भएको आठौँ दिनसम्ममा यो चलचित्रले बक्स अफिसमा १ सय ४६ दशमलब ६३ करोडभन्दा बढी कमाइ गरेको छ ।

सन्दीप वांगाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले हलमा लागेको हप्ता दिन बित्दा हाउसफूल बिजनेस गरिरहेको छ । शाहिद कपुरको चलचित्र करियरमा अहिलेसम्मकै उच्च कमाइ गर्ने यो नै पहिलो चलचित्र बन्न पुगेको छ । यो चलचित्रले रिलिज भएको पहिलो दिनमै २०.२१ करोड कमाई गरेको थियो ।

चलचित्र विश्लेषक तरण आदर्शले यो चलचित्रले दुई हप्तामा २ सय करोडको व्यापार सहज रुपमा गर्न सक्ने भन्दै ट्वीट गरेका छन् । यो चलचित्रलाई उनले ब्लकबस्टर घोषित गरेका छन् ।

पहिलो दिनमै ठूलो कमाइ गर्नेमा कबिर सिंह यो वर्षकै चौथो हिन्दी चलचित्र बनेको छ । तेलुगु चलचित्र अर्जुन रेड्डीको रिमेक यस चलचित्रले युवा जमातको मन जित्न सफल भएको छ । अर्जुन रेड्डीलाई पनि निर्देशक सन्दीप वांगाले नै निर्देशन गरेका थिए । प्रेममा दिवानी बनेका युवक कबिर सिंहको कथामा बनेको यस चलचित्रमा शाहिद कपुरले प्रशंसनीय काम गरेका छन् ।

यो चलचित्र भारतका ३ हजार १२३ स्क्रिन र भारतबाहेक विश्वका ४९३ स्क्रिनमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ४ : ४० बजे

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई

बारामा तीन दिनदेखि बेपत्ता तीन वर्षीय बालिकाको शव छिमेकीको घरमा भेटियो

काठमाडौँ । बाराको जितपुरसिमराकी ३ वर्षीय बालिकाको शव तीन दिनपछि

लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा पक्राउ परेका जेनजी अभियन्ता २२ दिनपछि छुटे

काठमाडौं । लघुवित्त पीडितका पक्षमा आन्दोलन गर्दा माइतीघर मण्डलाबाट पक्राउ

सरकार र दुर्गा प्रसाईंको समूहबीच वार्ता सुरु

काठमाडौं- नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक