आयोगद्वारा मतदाता नामावली छपाईलाई तीव्रता « Khabarhub

आयोगद्वारा मतदाता नामावली छपाईलाई तीव्रता


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि फोटोसहितको मतदाता नामावली छपाईलाई तीव्रता दिएको छ ।

आयोगले केन्द्रीय कार्यालयबाट मुलुकभरका प्रत्येक जिल्लाका निर्वाचन क्षेत्रको छुट्टाछुट्टै मतदाता नामावली छपाई कार्यलाई तीव्रता दिएको हो । जसमा मतदान केन्द्र नै तोकिएर नामावली छपाई भइरहेको आयोगले जनाएको छ । उक्त फोटो सहितको नामावलीको प्रति निर्वाचन सामाग्रीसंगै प्रत्येक निर्वाचन क्षेत्रमा पठाउने आयोगको तयारी छ ।

आगामी निर्वाचनका लागि प्रतिनिधिसभा अन्तर्गत २ हजार २ सय ९१ पुरुष र २ सय ३५ महिला गरि २ हजार ५ सय २६ जनाको उम्मेद्वारी परेको छ भने प्रदेशसभातर्फ ३१७९ पुरुष, २ सय ९७ महिला र अन्य १ गरि ३ हजार ४ सय ७७ जनाको उम्मेद्वारी परेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रत्यक्ष तर्फ संविधानको भावना र व्यवस्था अनुसार बढि भन्दा बढि समावेशी हुने गरि उम्मेद्वार मनोनयन गराउन आग्रह मात्र गरिएको उनले बताए ।

आयोगले बुधबार १० देखि १ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिएको छ । त्यसपछि बुधबार दिउँसो ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । योसँगै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि उम्मेदवारको अन्तिम संख्या टुङ्गो लाग्ने छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १ : ४७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था