कर्णालीमा बाढीपहिरो : ३३ को मृत्यु, २२ बेपत्ता | Khabarhub Khabarhub

कर्णालीमा बाढीपहिरो : ३३ को मृत्यु, २२ बेपत्ता


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशभरि बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभरि मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार मुगुमा आठ जना, कालिकोट र हुम्लामा ४/४ जना, जाजरकोटमा तीन जनाको मृत्यु भएको छ ।

डोल्पा र सल्यानमा २/२ जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । २२ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी  जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । बेपत्ता हुनेहरूमा सबैभन्दा धेरै कालिकोटमा एक प्रहरी जवानसहित २० जना छन भने जुम्लाका दुई जना र दैलेखका एक जना छन् ।

यसैबीच, बाढीपहिरोमा परि प्रदेशभर २१ जना घाइते भएको प्रहरीको तथ्यांकमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सात जना छन् भने मुगु र हुम्लाका ५/५ जना घाइते भएका छन् । यसैगरी, जुम्लाका दुई, रुकुम पश्चिमका एक जना र जाजरकोटका एक जना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन परिवार विस्थापित भएका छन् । यस्तै, मुगुका एक सय ७८ घरपरिवार विस्तापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ परिवार विस्थापित भएका हुन् । यसैगरी, डोल्पाका चार घरपरिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका २/२ घरपरिवार विस्थापित भएका छन् ।

प्रभावित जिल्लाहरूमा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत वितरण भइरहेको प्रवक्ता श्रेष्ठले बताए । घाइतेहरूको उद्धारको लागि हेलिकोप्टर परिचालन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : ५३ बजे

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको

पूजा गर्दा झुक्किएर पनि नगर्नुस् यस्ता गल्ती

काठमाडौं – कयौँ पटक हामीले हरेक दिन पूजापाठ गछौँ, तर

बङ्गलादेशको अन्तरिम सरकारद्वारा ८ सरकारी बिदा रद्द  

काठमाडौं– बङ्गलादेशमा मोहम्मद युनुसको सरकारले स्वतन्त्रता र स्थापना दिवससँग सम्बन्धित

मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँ

दैलेख– जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ