कर्णालीमा बाढीपहिरो : ३३ को मृत्यु, २२ बेपत्ता « Khabarhub

कर्णालीमा बाढीपहिरो : ३३ को मृत्यु, २२ बेपत्ता


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशभरि बाढी पहिरोमा परी हालसम्म मृत्यु हुनेको संख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीले दिएको जानकारीअनुसार प्रदेशभरि मृत्यु हुनेको संख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार मुगुमा आठ जना, कालिकोट र हुम्लामा ४/४ जना, जाजरकोटमा तीन जनाको मृत्यु भएको छ ।

डोल्पा र सल्यानमा २/२ जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । २२ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी  जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । बेपत्ता हुनेहरूमा सबैभन्दा धेरै कालिकोटमा एक प्रहरी जवानसहित २० जना छन भने जुम्लाका दुई जना र दैलेखका एक जना छन् ।

यसैबीच, बाढीपहिरोमा परि प्रदेशभर २१ जना घाइते भएको प्रहरीको तथ्यांकमा छ । जसअन्तर्गत कालिकोटका मात्रै सात जना छन् भने मुगु र हुम्लाका ५/५ जना घाइते भएका छन् । यसैगरी, जुम्लाका दुई, रुकुम पश्चिमका एक जना र जाजरकोटका एक जना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन परिवार विस्थापित भएका छन् । यस्तै, मुगुका एक सय ७८ घरपरिवार विस्तापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ परिवार विस्थापित भएका हुन् । यसैगरी, डोल्पाका चार घरपरिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका २/२ घरपरिवार विस्थापित भएका छन् ।

प्रभावित जिल्लाहरूमा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत वितरण भइरहेको प्रवक्ता श्रेष्ठले बताए । घाइतेहरूको उद्धारको लागि हेलिकोप्टर परिचालन भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : ५३ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई