वन अतिक्रमण गर्न खोजेको भन्दै आठ जना पक्राउ | Khabarhub Khabarhub

वन अतिक्रमण गर्न खोजेको भन्दै आठ जना पक्राउ


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–१६ स्थित सिद्धबाबा सामुदायिक वन क्षेत्र अतिक्रमण गर्न खोज्नेलाई नियन्त्रणमा लिइएको छ । धुर्जन्नामा रहेको खुटीया नदी किनारको खुला वन क्षेत्रमा गएराति वन अतिक्रमण गरी दुई सय बढी मानिसहरू पाल टाँगेर बसेका थिए ।

सामुदायिक वनको २० हेक्टर बढी खाली रहेको जमिनमा उनीहरू बस्न आएको डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत लोकराज दाहालले जानकारी दिए । दाहालका अनुसार उनीहरू पाल टाँगेर घर छाप्रो बनाउने योजनामा रहेका थिए ।

अतिक्रमण गरी बसेको भन्ने गोप्य सूचनाका आधारमा डिभिजन वन कार्यालय कैलालीका प्रमुख कृष्णदत्त भट्टको नेतृत्वमा गएराति गस्ती टोली गएको थियो । डिभिजन वन कार्यालय कैलाली र पहलमानपुरको संयुक्त टोली र सशस्त्र प्रहरीलगायतले अतिक्रमण हटाएको फूलबारी सव डिभिजन वन कार्यालयका प्रमुख जीवक्ष यादवले जानकारी दिए ।

सो क्रममा आठ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मानबहादुर कामी, प्रेम सार्की, चक्र सार्की, टेकबहादुर भुल, मनिराम पाध्याय, पवन रसाइली, मानबहादुर कामी, राजेश कामी रहेको यादवले जानकारी दिए।

उनीहरू डोटी, कैलाली, बाजुरा, अछामलगायतका जिल्लाबाट आएका हुन् । पक्राउ परेकामाथि थप अनुसन्धान गरी वन ऐन नियमावलीअनुसार कारबाही गरिने यादवले बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : २६ बजे

बेरुतलक्षित इजरायली आक्रमण तीव्र

एजेन्सी – इजरायली सेनाले मङ्गलबार दक्षिणी उपनगरका बासिन्दाहरूलाई बाहिर निस्कन

म्यासेडोनियाकी सबैभन्दा वृद्ध आमा बनिन् ६१ वर्षीया महिला

एजेन्सी – उत्तरी म्यासेडोनियामा बच्चा जन्माउने सबैभन्दा वृद्धा ६१ वर्षीया

निर्माण थालेको आठ वर्षसम्म पनि पुल अधुरै

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा

मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँ : स्वास्थ्यमन्त्री पौडेल

सर्लाही – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सर्लाहीको ईश्वरपुरमा मृगौलाको

आइसीसी टोलीले गर्‍यो पोखरा क्रिकेट मैदान निरीक्षण

कास्की – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का प्रतिनिधिले पोखरा रङ्गशालास्थित क्रिकेट