अनुमतिबिना ड्रोन उडाउनेलाई कारवाही गरिने « Khabarhub

अनुमतिबिना ड्रोन उडाउनेलाई कारवाही गरिने


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।  

केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सूचना प्राप्त भएपछि गृहले एक विज्ञप्ति जारी गर्दै कारवाही गर्ने बताएको हो । 

‘कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारवाही हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृह मन्त्रालयले भनेको छ ।

अति आवश्यक परियोजनाको लागि ड्रोनको प्रयोग गर्नु परेमा दुई केजी तौल सम्मको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र उडाउन सकिने गृहले जनाएको छ ।

दुई केजी तौलभन्दा बढीको ड्रोन उडाउन परेमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : ५२ बजे

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने

एसिया कप : सेमिफाइनका दुई खेल आज हुँदै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको सेमिफाइनलका दुई खेल

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित