चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ  « Khabarhub

चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ 


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनुषा– सहिदनगर नगरपालिका–१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० वर्षीय श्याम सुन्दर सहनी रहेका छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।  प्रहरीका अनुसार उनीहरुबीच लेनदेनको विषयमा सोमबार राति विवाद तथा झैं–झगडा हुँदा श्याम सुन्दरले चक्कु प्रहार गर्दा अजोधी गम्भीर घाइते भएका थिए । 

अजोधीको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा गएराति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट खरियानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १२ : ४१ बजे

बेइजिङमा ड्रोन राख्न प्रतिबन्ध

काठमाडौं- चीनको राजधानी बेइजिङले आगामी नोभेम्बर १५ देखि सहरभित्र ड्रोन

एटीएमबाट १ सय दरका नोट पनि वितरण गर्न बैंकर्स संघलाई राष्ट्र बैंकको परिपत्र

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका एटीएम मेसिनबाट

चौरचन र तीज एकै दिन परेपछि मिथिलामा बढ्यो पर्वको रौनक

धनुषा- कुम्हाले टोलमा बिहानको घाम चर्किँदै थियो तर धनुषाका क्षीरेश्वरनाथ

ग्रिन आर्मीविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेशबारे छलफलका लागि बोलायो

काठमाडौं- सैन्य शैलीकै पोशाक लगाएर सार्वजनिक स्थानमा निस्किएपछि विवादमा परेको

बाढी प्रभावितका लागि नुवाकोटमा आर्या फार्माको सातदिने स्वास्थ्य शिविर

काठमाडौं- बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय आर्या फार्मा