पालिकाको साझेदारीमा देउराली-सुनाकोट सडकखण्ड खुलाउने प्रयास « Khabarhub

पालिकाको साझेदारीमा देउराली-सुनाकोट सडकखण्ड खुलाउने प्रयास


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको दक्षिण क्षेत्रमा पर्ने श्रृङ मोटरमार्गअन्तर्गत देउराली-सुनाकोट सडकखण्ड पहिरोका कारण अवरुद्व बनेपछि यहाँका तीन पालिका मिलेर खोल्ने प्रयासमा लागेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भीमाद नगरपालिका र ऋषिङ गाउँपालिकाको साझेदारी लागतमा हिजोदेखि सडक खुल्ने कार्य अघि बढाइएको हो । गत मङ्गलबार परेको अविरल वर्षाका कारण सडक भासिएपछि अवरुद्ध सडकका कारण ठूला यातायातका सवारीसाधान ठप्प हुँदै आएको घिरिङ गाउँपालिकाले जनाएको छ । 

अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकैको सडक पहिरिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गरी चार जिल्ला गुड्ने सवारीसाधन ठप्प हुँदै आएका छन् । सडक मर्मत गर्नुपरेकाले आजदेखि उक्त सडक खण्डमा यातायात र सर्वसाधारणका लागि आवतजावत बन्द गरिएको छ । जिल्लाको भीमाद हुँदै गुड्ने श्रृगपथ सडक खण्डमा सडक भासिएपछि गत मङ्गलबारदेखि तनहुँसहित चार जिल्लाका सर्वसाधारणको आवागमन ठप्प हुँदै आएको छ । 

चाडपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालको लागि  दुबैतर्फ सवारी साधन सञ्चालनको ब्यवस्था मिलाएर यात्रुलाई गन्तव्यसम्म पुर्‍याइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए। 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : १३ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक