नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई दुई स्वर्ण | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई दुई स्वर्ण


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्णपदक जितेको हो । बागमतीको यो फेन्सिङमा तेस्रो स्वर्णपदक हो ।

पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश नं १ ले कास्यपदक प्राप्त गरेको छ ।
यसैगरी महिला ‘इपी टिम इभेन्ट’को स्वर्ण नेपाली सेनाले जितेको छ । सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जिते । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमले कास्य पदक जिते ।

महिला ‘सेबर टिम इभेन्ट’ प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश नं १ ले कास्यपदक जिते । फेन्सिङको अङ्क तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहन सफल भयो । बागमतीले हालसम्म चार स्वर्ण र एक रजतपदकसहित पाँच पदक जितेको छ ।

यसैगरी आर्मीले तीन स्वर्ण, पाँच रजत र छ कास्यसहित १४ पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, तीन रजत र छ कास्यसहित १० पदकका साथ तृतीय स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेको छ ।

यसैगरी प्रदेश नं १ ले हालसम्म तीन कास्यसहित पाँचौँ स्थानमा रहँदा आयोजक गण्डकी प्रदेश एक कास्यसहित फेन्सिङको पदक तालिकामा पुछारमा छ । पोखरामा यही असोज २४ गतेदेखि फेन्सिङ खेल जारी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : ०६ बजे

वीरगञ्ज नाकाबाट निर्यात बढ्यो, तीन महिनामा २६ अर्ब बढीको सामान निर्यात

वीरगञ्ज– गत आर्थिक वर्षको तुलनामा चालु आवमा वीरगञ्ज नाकाबाट निर्यात

हङकङ सिक्सेस : आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग

कञ्चनपुरमा मुक्त हलिया पुनर्स्थापनको कार्य अलपत्र

कञ्चनपुर– कञ्चनपुरमा मुक्त हलियाको पुनःस्थापनाको कार्य अझै टुङ्गोमा पुग्न सकेको

किसानलाई अनुदानमा गहुँको बीउ

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको

दुई ट्रफीसहित यूएईबाट नेपाली क्रिकेट टिम स्वदेश फर्कियो

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएई शृङ्खला खेलेर