नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई दुई स्वर्ण « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा बागमतीलाई दुई स्वर्ण


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङको पुरुष ‘टिम फोयल’मा बागमतीले नेपाली सेनालाई पन्छाउँदै स्वर्णपदक जितेको हो । बागमतीको यो फेन्सिङमा तेस्रो स्वर्णपदक हो ।

पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिम र प्रदेश नं १ ले कास्यपदक प्राप्त गरेको छ ।
यसैगरी महिला ‘इपी टिम इभेन्ट’को स्वर्ण नेपाली सेनाले जितेको छ । सेनाले सशस्त्र प्रहरी बलका खेलाडीलाई पन्छाउँदै स्वर्ण जिते । सशस्त्रले रजत पदकमा चित्त बुझाउँदा प्रदेश १ र सुदूरपश्चिमले कास्य पदक जिते ।

महिला ‘सेबर टिम इभेन्ट’ प्रतिस्पर्धामा बागमतीले स्वर्ण, नेपाली सेनाले रजत र सशस्त्र प्रहरी तथा प्रदेश नं १ ले कास्यपदक जिते । फेन्सिङको अङ्क तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहन सफल भयो । बागमतीले हालसम्म चार स्वर्ण र एक रजतपदकसहित पाँच पदक जितेको छ ।

यसैगरी आर्मीले तीन स्वर्ण, पाँच रजत र छ कास्यसहित १४ पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, तीन रजत र छ कास्यसहित १० पदकका साथ तृतीय स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेको छ ।

यसैगरी प्रदेश नं १ ले हालसम्म तीन कास्यसहित पाँचौँ स्थानमा रहँदा आयोजक गण्डकी प्रदेश एक कास्यसहित फेन्सिङको पदक तालिकामा पुछारमा छ । पोखरामा यही असोज २४ गतेदेखि फेन्सिङ खेल जारी छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ८ : ०६ बजे

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित