लैङ्गिक समानता कायम गर्न संसद्ले भूमिका खेल्नुपर्छ : अध्यक्ष तिमिल्सिना | Khabarhub Khabarhub

लैङ्गिक समानता कायम गर्न संसद्ले भूमिका खेल्नुपर्छ : अध्यक्ष तिमिल्सिना


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक समानता कायम गर्न सर्वोच्च प्रतिनिधिमूलक संस्था संसद्ले अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । अफ्रिकी मुलुक रुवान्डाको राजधानी किगालीमा आयोजित अन्तर व्यवस्थापकीय सङ्घ (आइपियू)को १४५औँ सम्मेलनमा नेपालको सङ्घीय संसद्कोतर्फबाट ‘लैङ्गिक समानता र लैङ्गिक संवेदनशील संसद् स् जुझारु र शान्तिपूर्ण विश्वका लागि परिवर्तनको संवाहक’ विषयमा सम्बोधन गर्दै उनले पछिल्ला वर्षमा लैङ्गिक समानताका क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए।

नेपालले पनि सन् २०१५ को संविधानबाट सङ्घीय संसद् र प्रदेशसभामा एक/तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गरेको जनाउँदै उनले नयाँ संविधानअनुसारको पहिलो निर्वाचनबाट संसद्मा ३४ प्रतिशत महिला जनप्रतिनिधि निर्वाचित भएका बताए।

जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपले महिलालाई असमान प्रभाव पारेको जनाउँदै उहाँले बाढी, पहिरो, भूक्षयजस्ता जलवायु परिवर्तनको प्रभावले सिर्जित प्रकोपबाट विस्थापित महिला बेचबिखन र यौन हिंसाको बढी जोखिममा हुने बताए। जलवायु परिवर्तनका कारण उत्पादकत्व घटेर खाद्यान्नको उपलब्धता कम हुँदा परम्परागतरूपमै उत्पीडनमा परेका महिला भोकमरीको पहिलो सिकार हुने जोखिम बढेको बताए ।

जलवायु परिवर्तनको असर नेपालजस्ता हिमालय र पर्वतीय देशमा बढिरहेको जनाउँदै उनले तापमानका कारण हिमालको हिउँ पग्लिँदाको असर तल्लो तटीय र टापु मुलुकमा समेत पर्ने बताए ।

अत्यधिक कार्बन उत्सर्जन गर्ने ठूला औद्योगिक र शक्ति राष्ट्रले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणको प्रतिबद्धता र लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले कार्बन उत्सर्जन कम गर्ने मुलुकलाई त्यसबापतको रकम विकास सहायता र गरिबी निवारण कार्यक्रमका रूपमा उपलब्ध गराउनु आवश्यक रहेको बताए ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : ४९ बजे

बाँसको चेफा र ढुङ्गाको चेपुवामा कोशीका पानीजहाज !

काठमाडौं – सरकारले खोलेको पानीजहाज कार्यालय वर्षौंदेखि कामविहीन भइरहँदा कोशी

राज्यले वृद्धभत्ता कसलाई दिने ?, अर्थशास्त्रीको जोड उमेरलाई, लक्षितवर्गलाई होइन

काठमाडौं– तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष ०७९–८० को बजेटमार्फत्

‘माध्यमिक शिक्षा निःशुल्क’ गर्ने संवैधानिक व्यवस्थाको धज्जी उडाइँदै, निजी स्कुललाई कमाइ खाने भाँडो बनाइँदै

काठमाडाैं – केही पहिले ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भनेर ठुलाबडाले आशीर्वाद

‘महाभोज’ को हिरो ‘कन्टेन्ट’ हो, सबै कलाकार ‘क्यारेक्टर’ हुन् : अञ्जना बराइली (भिडिओ)

काठमाडौं – नायिका अञ्जना बराइली नेपाली फिल्म क्षेत्रकी उदियमान नायिका

अर्थसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा संसदीय समितिको बैठक