बाराही हाइड्रोको आईपीओ कार्तिक ४ गतेदेखि भर्न पाइने « Khabarhub

बाराही हाइड्रोको आईपीओ कार्तिक ४ गतेदेखि भर्न पाइने


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो।

सो शेयर खरिदका लागि बाग्लुङ जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरूका स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा कात्तिक १८ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद मंसिर ४ गतेसम्म लम्बिनेछ।

लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका ताकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ८ : ५३ बजे

गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गण्डकी– गृह मन्त्रालय र गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्

मुस्ताङका वन्यजन्तु पीडितलाई राहत रकम वितरण

मुस्ताङ– यहाँस्थित माथिल्लो मुस्ताङका वन्यजन्तु पीडित पशुधनीहरुलाई राहत रकम वितरण

प्रतिनिधिसभा निर्वाचनमा पर्यवेक्षण गर्न ३१ संस्थालाई अनुमति

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न ३१

कैलालीबाट तीन सय ४२ फरार प्रतिवादी पक्राउ

सुदूरपश्चिम– कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप