लमजुङमा ११ जनाको उम्मेदवारी कायम « Khabarhub

लमजुङमा ११ जनाको उम्मेदवारी कायम


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

लमजुङ– एउटा मात्रै निर्वाचन क्षेत्र रहेको लमजुङमा प्रतिनिधि  सभामा एक जना स्वतन्त्रसहित ११ जना उम्मेदवारी कायम भएको छ । प्रदेश सभा ‘क’ मा ६ जनाले मनोनयन दर्ता गराएकोमा पाँच जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार प्रदेश सभा ‘ख’ मा सात जनाले मनोनयन दर्ता गराएकोमा ६ जनाको उम्मेदवारी कायम भएको छ । 

प्रतिनिधिसभा सदस्यमा एमालेका पृथ्वीसुब्बा गुरुङ, माओवादी केन्द्रका देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पाटी नेपालका टकबहादुर गुरुङ, नेपाली कांग्रेस (बीपी) का लक्ष्मीकान्त पौडेल, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालको उम्मेदवारी कायम भएको छ । स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले चुनाव चिन्ह पुतली पाएका छन् ।

प्रदेश सभा ‘क’ मा नेकपा एमालेका जमिन्द्रमान घले, कांग्रेसका टकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा शाह, जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङ र मंगोल नेशनल अर्गनाइजेशनका बृखबहादुर तामाङको उम्मेदवारी कायम भएको छ । 

प्रदेश सभा ‘ख’ तर्फ नेकपा एमालेका कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका भेषबहादुर पौडेल, जनता समाजवादी पार्टी नेपालका युवराज दुरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङ र नेपाली कांग्रेसको नवराज बसौलाको उम्मेदवारी कायम भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएका चार जनाले उम्मेदवारी फिर्ता गरेका छन् । लमजुङमा प्रतिनिधि सभाका लागि १३ जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएका छन् । 

प्रदेशसभा ‘क’ मा ६ जनाको उम्मेदवारी परेकोमा एकजनाले र प्रदेशसभा ‘ख’ मा सात जनाको उम्मेदवारी परेकोमा एक जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।  

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ५ : १८ बजे

विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता र उपयोग गर्न महालेखाको सुझाव

काठमाडौं– त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गरी उचित

आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै

काठमाडौं– प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा

मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत भेटिए

कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३०

सिंहदरबारमा गाभिएका मन्त्रालयको नाम परिवर्तन सुरु, अब १८ मन्त्रालय मात्रै

काठमाडौं – सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित

दिगो तथा आत्मनिर्भर अर्थतन्त्रका लागि महालेखापरीक्षकको कार्यालयका सुझाव

काठमाडौं– महालेखापरीक्षकको कार्यालयले दिगो तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सुझाव