दुई तिहाई बहुमत आउँछ : वरिष्ठ नेता पौडेल | Khabarhub Khabarhub

दुई तिहाई बहुमत आउँछ : वरिष्ठ नेता पौडेल


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

डुम्रे– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारूढ गठबन्धनको दुई तिहाइ बहुमत आउने दाबी गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ तनहुँले आज बिपी स्मृति भवन दमौलीमा गरेको अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रममा उनले दुई तिहाइ बुहुमत ल्याउनैका लागि गठबन्धन भएको बताए । 

संविधान, गाउँको अधिकार, दलित, महिला, अल्पसङ्ख्यक, उपेक्षित वर्ग, जनजातिले पाएको अधिकार रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको उनको भनाइ थियो । ‘नेपालको संविधानको रक्षा र प्रतिगमन विरुद्धको लडाइँका लागि गठबन्धन आवश्यक परेको हो’, वरिष्ठ नेता पौडेलले बताए। उनले कार्यकर्तालाई अधिनायकवाद विरुद्ध लड्न गाउँ-गाउँमा पुगेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरे । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको लामो सङ्घर्ष, त्याग र बलिदानीले प्राप्त लोकतान्त्रिक अधिकारलाई समाप्त पार्ने खेलका विरुद्ध सत्तारूढ गठबन्धनका उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य तथा तनहुँ क्षेत्र नं १ को ‘ख’ का उम्मेदवार हरिबहादुर चुमानले गठबन्धनले जनताको अधिकार रक्षा गर्न सकेको उल्लेख गर्दै गठबन्धनकै नेतृत्वमा पुनः सरकार बनाउन चुनावी तालमेल गर्नुपरेको बताए । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ६ : ४८ बजे

कोशी नियन्त्रणमा भारतको २४४ करोड लगानी, चतरादेखि बराजसम्म तटबन्ध

काठमाडौं – भारतीय सञ्चारमाध्यमको रिपोर्टलाई मान्ने हो भने पछिल्लो २५०

कप्तान गिलको शतकको सहयोगमा भारत बलियो

काठमाडौं – कप्तान शुभमन गिलको शानदार व्याटिङका कारण इङ्गल्यान्डविरुद्धको दोस्रो

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

मुस्ताङ– मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएको छ ।

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

पाल्पा- राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।