सुर्खेत-कालिकोटसम्मको कर्णाली राजमार्ग सञ्चालनमा  « Khabarhub

सुर्खेत-कालिकोटसम्मको कर्णाली राजमार्ग सञ्चालनमा 


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैलेख – अविरल वर्षाका कारण पहिरोसँगै ठूलो ढुङ्गा खसी पूर्णरूपमा बन्द भएको कर्णाली राजमार्गअन्तर्गत सुर्खेतदेखि कालिकोटसम्म सडक खुलेको छ । बिचमा पर्ने दैलेख खण्ड छ दिनदेखि बन्द थियो । राजमार्ग खुलेसँगै सुर्खेतदेखि कालिकोटसम्म आजदेखि सवारीसाधन चल्न थालेका छन् । बुधबार राति नेपाली सेनाले राजमार्गअन्तर्गत दैलेख खण्डको आठविस नगरपालिकाको खिड्कीज्यूलामा विस्फोटक पदार्थ प्रयोग गरेर ठूलो ढुङ्गा फोडेसँगै कालिकोटसम्मको सडक खुलेको हो । 

दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सुरक्षा अधिकारीहरूको उपस्थितिमा विस्फोटक पदार्थ प्रयोग गरी सडक सञ्चालनमा आएको हो । नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरी ठूलो ढुङ्गा फुटाएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले बताए । कालिकोटसम्म सवारीसाधन चल्न मिल्ने गरी सडक खुलेको छ’, प्रमुख साहले भने , ‘ठाउँठाउँमा पहिराले सडक बिग्रेकाले होसियारीपूर्वक सावरी चलाउनुपर्छ ।’ उनका अनुसार दैलेखका सिमानामा भएका अवरुद्ध बाटाहरु सबै खुलाइएको छ ।

कालिकोटदेखि जुम्ला जोड्ने सडक बाढीपहिराले कटान गरेसँगै अवरुद्ध भएको छ । बाढीपहिराले कालिकोट खण्डको एसमोड र सेरी घाटमा सडक अवरुद्ध भएको छ । तिला नदीले सडक कटान गरेकाले नयाँ सडक बनाउनुपर्ने हुन्छ । 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ७ : २५ बजे

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१