नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक


२७ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फेन्सिङ खेलको महिला ‘टिम फोयल’ विधामा स्वर्ण पदक जितेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनलमा ‘फेन्सिङको महिला टिम इभेन्ट’मा बागमती प्रदेशलाई ४५–३६ अङ्कले पछि पार्दै एपिएफ च्याम्पियन बन्न सफल भयो ।

फेन्सिङ खेलमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । उपविजेता बनेको वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदक पाए । यही असोज २४ देखि जारी फेन्सिङ खेलको हालसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा छ ।

हालसम्म बागमतीले चार स्वर्ण र दुई रजतसहित छ कास्यपदक जितेको छ । विभागीय टोली आर्मीले तीन स्वर्ण, पाँच रजत र सात कास्यसहित १५ पदक जितेर बागमतीलाई पछ्याइरको छ ।

यसैगरी एपिएफ दुई स्वर्ण, तीन रजत र छ कास्यपदकसहित ११ पदकका साथ तृतीय स्थानमा छ । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई कास्यसहित तीन पदक र प्रदेश नं १ ले तीन कास्यसहित पाँचौँ र आयोजक गण्डकी प्रदेशले दुई पदक जितेको छ ।

नवौँ राष्ट्रिय खेलकुदको शुक्रबार औपचारिक शुभारम्भअगावै केही खेल असोज २३ देखि पोखरामा जारी छन् । समय अभाव र पूर्वाधार अपुग भएपछि केही खेललाई अघि सारेर प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहीबार  ९ : २५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु