चितवनको एक उद्योगमा आगलागी « Khabarhub

चितवनको एक उद्योगमा आगलागी


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन – पूर्वी चितवनस्थित युनाइटेड बेभरेज प्रालिमा आगलागी भएको छ। रत्ननगर नगरपालिका–१० को कैलाश टोलमा रहेको सो उद्योगमा आज बिहान आगलागी भएको हो ।

प्रालिको उत्पादन पल्पी जुसको कच्चा पदार्थ रहेको सो उद्योगमा बिहान ४ बजे आगलागी भएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ। उद्योग मर्मतका क्रममा रहेकाले उत्पादित वस्तु नरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए। आगो के कारणले लागेको भन्ने खुल्न सकेको छैन। आगो निभाउने काम जारी रहेको उनले बताए।

आगो निभिसकेपछि मात्र क्षतिको विवरण थाहा हुने कार्यालयले जनाएको छ। आगो निभाउनका लागि स्थानीय, नेपाल प्रहरी, तीन दमकललगायत प्रयोग गरिएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ८ : २१ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन