पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी : मन्त्री बाँस्कोटा « Khabarhub

पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी : मन्त्री बाँस्कोटा


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र पाँच लाख नेपालीका लागि रोजगारी सिर्जना भइसक्ने बताएका छन् ।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित २ र ३ नं वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यक्रमलाई शनिवार कुशादेवीमा सम्बोधन गर्दै भने, “तपार्इंहरु ढुक्क हुनुहोस्, आउँदो पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना हुन्छ ।”

मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारले २० हजार जनशक्तिलाई रोजगारी दिलाएको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र पाँच हजार किलोवाट बिजुली उत्पादन गरी छिमेकीलाई प्रशस्त मात्रामा बिक्री गर्न सकिने दाबी गरे । “पाँच वर्षभित्र सबै नेपाली जनताले विकास पनि देख्नेछन्, अहिले सुखी नेपाली र समृद्ध नेपालको बाटो तय गरिएको छ”, उनले भने । मन्त्री बाँस्कोटाले आगामी सन् २०३० भित्र प्रतिव्यक्ति नेपालीको वार्षिक आम्दानी १२ हजार ५०० डलर पुग्ने पनि दाबी गरे ।

मन्त्री बाँस्कोटाले पृथ्वी र मानिसको रक्षा आजको आवश्यकता भएको बताउँदै भने “हामीले नयाँ पुस्तालाई धनी मात्र होइन, इमान्दार नेपाली बन्न सिकाउनुपर्छ, श्रम गरेर आम्दानी भएको आर्थिक लाभले मात्रै सुख आर्जन गर्ने हो ।” सडकको विषयमा चिन्ता नगर्न आग्रह गर्दै माकुराको जालोसरह सडक निर्माण हुने र अर्को वर्षदेखि स्तरोन्नति गर्दै लगिने उनले बताए ।

मन्त्री बाँस्कोटाले विकासका सूचकहरु सडक मात्रै नभएकाले कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र रोजगारीमा विशेष जोड दिइरहेको उल्लेख गरे । मन्त्री बाँस्कोटाले ‘क्लिन फिड’मा आफू कुनै पनि हालतमा पछि नहट्ने दृढता व्यक्त गरे । “क्लिन फिडका विषयमा मरे पनि पछि हट्दिनँ, यो योजना सफल बनाएरै छाड्छु ।” उनले यथास्थितिवादीले सरकारको विरोध गरिरहे पनि आफूहरु अविचलित काममा दत्तचित्त रहेको बताए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : ३३ बजे

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने