पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी : मन्त्री बाँस्कोटा « Khabarhub

पाँच वर्षभित्र पाँच लाखलाई रोजगारी : मन्त्री बाँस्कोटा


१४ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षभित्र पाँच लाख नेपालीका लागि रोजगारी सिर्जना भइसक्ने बताएका छन् ।

मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित २ र ३ नं वडालाई बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यक्रमलाई शनिवार कुशादेवीमा सम्बोधन गर्दै भने, “तपार्इंहरु ढुक्क हुनुहोस्, आउँदो पाँच वर्षभित्र पाँच लाख रोजगारी सिर्जना हुन्छ ।”

मन्त्री बाँस्कोटाले एक वर्षमा सरकारले २० हजार जनशक्तिलाई रोजगारी दिलाएको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र पाँच हजार किलोवाट बिजुली उत्पादन गरी छिमेकीलाई प्रशस्त मात्रामा बिक्री गर्न सकिने दाबी गरे । “पाँच वर्षभित्र सबै नेपाली जनताले विकास पनि देख्नेछन्, अहिले सुखी नेपाली र समृद्ध नेपालको बाटो तय गरिएको छ”, उनले भने । मन्त्री बाँस्कोटाले आगामी सन् २०३० भित्र प्रतिव्यक्ति नेपालीको वार्षिक आम्दानी १२ हजार ५०० डलर पुग्ने पनि दाबी गरे ।

मन्त्री बाँस्कोटाले पृथ्वी र मानिसको रक्षा आजको आवश्यकता भएको बताउँदै भने “हामीले नयाँ पुस्तालाई धनी मात्र होइन, इमान्दार नेपाली बन्न सिकाउनुपर्छ, श्रम गरेर आम्दानी भएको आर्थिक लाभले मात्रै सुख आर्जन गर्ने हो ।” सडकको विषयमा चिन्ता नगर्न आग्रह गर्दै माकुराको जालोसरह सडक निर्माण हुने र अर्को वर्षदेखि स्तरोन्नति गर्दै लगिने उनले बताए ।

मन्त्री बाँस्कोटाले विकासका सूचकहरु सडक मात्रै नभएकाले कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशीलता र रोजगारीमा विशेष जोड दिइरहेको उल्लेख गरे । मन्त्री बाँस्कोटाले ‘क्लिन फिड’मा आफू कुनै पनि हालतमा पछि नहट्ने दृढता व्यक्त गरे । “क्लिन फिडका विषयमा मरे पनि पछि हट्दिनँ, यो योजना सफल बनाएरै छाड्छु ।” उनले यथास्थितिवादीले सरकारको विरोध गरिरहे पनि आफूहरु अविचलित काममा दत्तचित्त रहेको बताए ।

प्रकाशित मिति : १४ असार २०७६, शनिबार  ८ : ३३ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना