दुई महिनामै बिग्रियो जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्टको उपकरण  « Khabarhub

दुई महिनामै बिग्रियो जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्टको उपकरण 


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

खोटाङ – उपकरण बिग्रँदा जिल्ला अस्पताल खोटाङको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन बन्द भएको छ। अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा करोडको लगानी भएको अक्सिजन प्लान्टले काम गर्न छाडेको हो ।

थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा झन्डै २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको छ। उद्घाटन गरिएको दुई महिनामै अक्सिजन प्लान्टको उपकरण बिग्रिएको हो। मुन रक्स इन्टरनेसनल प्रालिले जडानको जिम्मा लिएको अक्सिजन प्लान्ट गत २३ साउनमा उद्घाटन गरिएको थियो। मुन रक्स इन्टरनेसनल प्रालिले उपकरण पठाएपछि अक्सिजन प्लान्ट सुचारु हुने जिल्ला अस्पतालका डा. नितु लामाले बताइन्।

प्रदेश सरकारको एक करोड ११ लाखमा जडान गरिएको अक्सिजन प्लान्टले काम नगर्दा अक्सिजन सिलिन्डर भर्न विराटनगर पुग्नुपर्ने बाध्यता छ। अक्सिजन उत्पादन बन्द हुँदा सिकिस्त अवस्थाका बिरामीलाई अक्सिजन दिँदै अन्यत्र लैजानमा असहज भएको छ। प्लान्ट जडानसँगै जिल्ला अक्सिजनमा आत्मनिर्भर बनेको भनिएको थियो।

अक्सिजन प्लान्ट जडानका लागि नौ फर्मको आवेदन परेकामा घटाघटमा मुन रक्स इन्टरनेसनल प्रालिले ठेक्का पारेको थियो। तर अक्सिजन प्लान्टको संरचना कमसल बनेको भन्दै सर्वत्र विरोध भएको थियो। निर्माण कम्पनीले कमसल संरचना सुधार गरेपछि अक्सिजन प्लान्ट उद्घाटन गरिएको थियो ।

अक्सिजन प्लान्टको ट्रस अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको, सिंगल इँटाको पर्खाल धकेल्दा ढल्ने खालको बनाइएको, ट्रसमाथि कागजजस्तो पातलो जस्ताको छाना हालिएको, मान्छे छिर्नसक्ने ठाउँ राखिएको, पर्खालभन्दामाथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको, जालीलाई प्लाष्टिकको डोरीले बाँधेको पाइएपछि १० लाख भुक्तानी रोकिएको थियो।

अक्सिजन प्लान्टको जस्ता र जाली फेर्ने, वाल प्लास्टर गर्ने काम गरेपछि मात्र बाँकी रकम भुक्तानी दिइएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले जनाएको छ। अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत २४ असारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई नेतृत्वको टोलीले निरीक्षण गरेको थियो।

अक्सिजन भर्न अन्यत्र जानुपर्ने बाध्यता अन्त्यका लागि जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक २० देखि २५ सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको छ। हाल जिल्ला अस्पतालको ५० शैयाको भवन निर्माणाधीन अवस्थामा छ। ५० शैयाको अस्पताल तयार भएपछि पाइपलाइनमार्फत सिधै बिरामीको बेडमा अक्सिजन पुर्‍याउने गरी व्यवस्थापन हुने अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १२ : ०७ बजे

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं– सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। इन्धनको मूल्यमा आएको

बागमती प्रदेशसभाको सभामुखमा चार दलको दाबी

बागमती– बागमती प्रदेशसभामा सभामुख पदको चयन प्रक्रिया सुरु भएको छ

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था

तनावबीच उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

एजेन्सी– दक्षिण कोरियासँग सम्बन्ध सुधारको सम्भावनालाई नै अस्वीकार गर्दै उत्तर