जसले यसपटकको चुनावमा गढ भत्काउन सक्छन् | Khabarhub Khabarhub

जसले यसपटकको चुनावमा गढ भत्काउन सक्छन्

पार्टी, प्रवृत्ति, युवा र स्वतन्त्र लहरको ‘कम्बिनेसन’


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : देशभर चुनावी चर्चा बढ्दो छ । राजनीतिक दलबाट तथा स्वतन्त्र उम्मेद्वार यसपटक चुनावी मैदानमा पेचिलो प्रतिष्पर्धा गरिरहेका छन् । यो पेचिलो प्रतिष्पर्धामा यतिबेला धेरै कोणबाट धेरै विचार तथा दृष्टिकोण सार्वजनिक भइरहेका छन् ।

काठमाडौँ क्षेत्र नं. १ मा यसपटकको चुनावमा सबैभन्दा धेरै ३२ जना उम्मेद्वार छन् । तर तीन जना सबैभन्दा धेरै चर्चा र प्रतिष्पर्धामा छन् । ती हुन्, कांग्रेस उम्मेद्वार प्रकाशमान सिंह, राप्रपा उम्मेद्वार रवीन्द्र मिश्र र स्वतन्त्र उम्मेद्वार पुकार बम ।

पुकार बमले स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह लिएका छन् । पाँच वर्षअघि पनि प्रकाशमान र मिश्रबीच चर्को प्रतिष्पर्धा भएको थियो । त्यसबेला प्रकाशमानले बाजी मारे । थोरै मतान्तरले पराजित भएका रवीन्द्र मिश्र यतिबेला विवेकशील साझा पार्टी छाडेर राप्रपाबाट चुनाव लड्दैछन् ।

यसपटक पनि प्रकाशमान र मिश्रबीचको प्रतिष्पर्धा कडा देखिन्छ । राप्रपा छिरेकाले मिश्रलाई काठमाडौँका राणा तथा राजावादीले भोट हाल्ने सम्भावना देखिन्छ । पछिल्लो समय राप्रपाले स्वतन्त्र युवाहरुमाथि लगानी र पार्टीमा भित्र्याउने काम गरिरहेकाले मिश्रले त्यसको फाइदा उठाउने देखिन्छ ।

तर सत्ता गठबन्धनकै उम्मेद्वार र वर्षौदेखि प्रकाशमानको गढ मानिएको काठमाडौँ १ मा मिश्रले कब्जा जमाउने सम्भावना छ । यद्यपी उनलाई सजिलो भने छैन । यस्तै काठमाडौँमा स्वतन्त्रको लहर आएका बेला पुकार बम पनि चुनावी मैदानमा छन् ।

पत्नी सिर्जना सिंहले काठमाडौँको मेयरमा पराजय भोगेका कारण यतिबेला प्रकाशमानको चुनावी क्षेत्र सुरक्षित छैन । त्यसमा मिश्र र पुकार बम कसले कब्जा जमाउने त्यो मंसिर ४ गतेपछि थाहा हुनेछ ।

यस्तै यतिबेला स्वतन्त्रका सबैभन्दा बढी चर्चा गरिएका पात्र रवि लामिछाने चितवन क्षेत्र नं. बाट उम्मेद्वारी दिएका छन् । प्रचण्डसँग चितवन क्षेत्र नं. ३ मा लड्ने चर्चा गरिएका बेला उनी चितवन क्षेत्र नं. २ मा पुगेका हुन् ।

प्रचण्डले चितवन छाडेर गोरखा २ रोजेका छन् । प्रचण्डकै कारण बढी चर्चामा रहने चितवनमा यतिबेला रवि लामिछाने बढी चर्चामा छन् । सत्ता गठबन्धन र एमालेबीचको कडा टक्कर चिर्दै रविले चितवनबाट जित हात पार्ने सम्भावना रहेको उनका प्रसंशक बताउँछन् ।

तर त्यति सजिलो भने छैन । यद्यपी उनको सम्भावना भने देखिन्छ । देशभरीको लहर, पत्रकारिताबाट उनले आर्जन गरेको शक्ति र सामथ्र्यले उनले केही न केही गर्छन् भन्ने विश्वास छ ।

यसपटक चुनावी क्षेत्रमा चर्चा भएको अर्को विषय हो, गुल्मी क्षेत्र नं. २ । जहाँबाट रामकुमारी झाँक्री, गोकर्ण बिष्टको चर्को प्रतिष्पर्धा हुने देखिन्छ । विगतमा गोकर्ण बिष्टकै कारण टिकट नपाएर समानुपातिकमा सांसद बनेकी उनी यसपटक गोकर्ण बिष्टसँग प्रत्यक्ष चुनाव लड्न खोजेकी छन् ।

राष्ट्रिय रुपमै चर्चा कमाउने रामकुमारी र कांग्रेस तथा माओवादीको साथ पाएका कारण यसपटक उनले चुनाव जित्ने सम्भावना बलियो छ । सत्ता गठबन्धनकी साझा उम्मेद्वार झाँक्रीलाई माओवादी, कांग्रेसको साथ छ । एमालेकी पुर्व नेता भएका कारण पनि यतिबेला गोकर्णसँग असन्तुष्ट भएकाहरुले उनलाई भोट हाल्ने सम्भावना छ । रामकुमारीका कारण यसपटक गोकर्णको खास चुनावी क्षेत्रको गढ भत्किने खतरा छ ।

त्यसबाहेक अरु चुनावी क्षेत्रमा पनि यतिबेला रोचक प्रतिष्पर्धा छ । कांग्रेस माओवादी समीकरण र स्वतन्त्र तथा युवाहरुको लहरले कुनै पनि नेताको चुनावी क्षेत्र यतिबेला सुरक्षित छैन ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १ : २४ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु