जुम्ला सडकखण्डकाे पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार « Khabarhub

जुम्ला सडकखण्डकाे पहिरो पन्छाउँदै सुरक्षा निकाय र स्थानीय सरकार


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

जुम्ला– अविरल वर्षाका कारण जुम्लाको जनजीवन प्रभावित बनेको छ । जुम्ला सडक खण्डमा ठाउँठाउँमा ठूलो पहिरो गएको छ । बाढी पहिरोले जुम्ला-कालिकोट खण्डको कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध हुँदा एक सातादेखि यहाँको आवागमन बन्द छ । कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको छ । 

नन्दबक्स गणका गणपति रविन थापाका अनुसार जुम्लाको तिला गाउँपालिका रारालिहीमा तीन किलोमिटर खण्डमा पहिरो गएको छ । जसकारण राजमार्ग अवरुद्ध भएको छ । सो क्षेत्रमा सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको निगरानीमा राजमार्ग खुलाउने काम भइरहेको छ । त्यो क्षेत्रमा सशस्त्र प्रहरीका एसपी चित्रंगत दाहाल, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दसहितका सुरक्षा निकाय प्रमुख खटिएका छन् ।   

कर्णाली राजमार्गको रारालिहीमा तीनवटा स्काभेटर लगातार काम गरिरहेका छन् । ब्रेकरले समेत काम गरे पनि ठूलो ढुंगा खसेकाले ब्लाष्टिङ गर्नुपर्ने अवस्था आएको नन्दबक्सका गणपति थापाले बताए। सेनासहित सुरक्षा निकाय प्रमुखहरू राजमार्गमा खटिएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १ : ४७ बजे

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका

महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङ्लिङ नगरपालिका

फुङ्लिङ– यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको

रसुवागढी नाका आजदेखि सञ्चालन

रसुवा–  नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको

भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ करौलमा भू-क्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स– सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या