सेनाद्वारा बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री ढुवानी « Khabarhub

सेनाद्वारा बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री ढुवानी


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ । 

जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरुमा पहिरोका कारण फसेका ११ जनाको सेनाले हवाई साधनमार्फत उद्धार गरेको छ । 

 

सेनाले हवाई साधनमार्फत १४ हजार ७३५ केजी राहत सामग्रीहरू ती स्थानमा ढुवानी गरी पहिरो प्रभावितलाई वितरण गरेको नेपाली सेनाले जनाएको छ । 

 

सेनाले अहिले विभिन्न स्थानहरूमा अवरुद्ध रहेका सडकहरू खुलाउने तथा हवाई साधनद्वारा थप राहत सामग्रीहरू ढुवानी गर्ने कार्य गरिरहेको छ । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : १२ बजे

बजार अनुमगनलाई तिव्रता दिँदै विभाग

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौंका विभिन्न

२४ घण्टामा देशभर २२ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार बिहान

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्दैछ।

२०८३ को पात्रोको गणना सम्बन्धी निर्णय यो साता हुँदै

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं २०८३ को