सेनाद्वारा बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री ढुवानी « Khabarhub

सेनाद्वारा बाढी-पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री ढुवानी


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत सामग्री ढुवानी र वितरण कार्य सञ्चालन गरेको छ । विगत केही दिनदेखि परेको अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा जिल्लाको जनजिवन प्रभावित भएको छ । 

जुम्ला, हुम्ला, कालिकोट तथा मुगु जिल्लाका अति विकट स्थानहरु राजचुली, ताजकोट, सर्कीघाट, छाँयानाथ, कन्कासुन्दरी लगायतका स्थानहरुमा पहिरोका कारण फसेका ११ जनाको सेनाले हवाई साधनमार्फत उद्धार गरेको छ । 

 

सेनाले हवाई साधनमार्फत १४ हजार ७३५ केजी राहत सामग्रीहरू ती स्थानमा ढुवानी गरी पहिरो प्रभावितलाई वितरण गरेको नेपाली सेनाले जनाएको छ । 

 

सेनाले अहिले विभिन्न स्थानहरूमा अवरुद्ध रहेका सडकहरू खुलाउने तथा हवाई साधनद्वारा थप राहत सामग्रीहरू ढुवानी गर्ने कार्य गरिरहेको छ । 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : १२ बजे

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई सास्ती

चितवन- निरन्तरको भारी वर्षासँगै मुख्य राजमार्गमा पहिरो खसेपछि काठमाडौँतर्फ जाँदै गरेका

अर्थमन्त्री, गृहमन्त्री र पर्यटनमन्त्रीले एयरपोर्ट पुगेर गरे प्रधानमन्त्रीको स्वागत

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

नयाँ बसपार्कमा लामो दूरीका बस थन्किए (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा लामो दूरीका बस थन्किएका छन्। निरन्तरको

मूलपानी–बोडे जोड्ने मनोहरा पुलमा आवतजावत बन्द

काठमाडौं– काठमाडौंको मूलपानी र भक्तपुरको बोडे जोड्ने मनोहरा खोलाको पुलमा

पहिरोका कारण कोरला सडक अवरुद्ध

मुस्ताङ– लगातार परेको वर्षाका कारण जोमसोम–कोरला सडक आजदेखि अवरुद्ध भएको