चार सय ९४ बिघाको धानबालीमा क्षति « Khabarhub

चार सय ९४ बिघाको धानबालीमा क्षति


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बर्दिया– राजापुर, गुलरिया, मधुवन, बारबर्दिया क्षेत्रमा काटेर खेतमै सुकाइएको धान नदीले बगाएको छ । बुधबारदेखि धानबाली क्षतिको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार चार सय ९४ बिघा धान बालीमा क्षति पुगेको छ ।

 तीन सय नौ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने एक सय ८५ बिघामा लगाएको धानमा आंशिक क्षति पुगेको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको क्षतिको पूर्ण विवरण भने आइनसकेको उनले जानकारी दिए ।

गत वर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यस वर्ष पाकेको धानबाली ढालेको र हिलोले पुरेको कृषक गेरुवा वडा नं ३ कि भूमिसरा चलाउनेले बताए । धानको क्षति भएकाले यस वर्ष पनि बिचल्लीमा परेको सुन्दरी थरुनीले गुनासो गरे । गत वर्ष पनि धानको क्षतिको विवरण लिएर गए पनि धानको क्षतिपूर्ति नदिएको गुनासो गरे ।

कर्णाली नदीमा आएको बाढीले करिब एक हजार पाँच सय परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ४ : २० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने