'गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन'  | Khabarhub Khabarhub

‘गोरखा आउनु जित र हारसँग सम्बन्धित विषय नै होइन’ 


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आएको कुरा जित र हारसँग सम्बन्धित विषय हुँदैनभएको बताएका छन् । माओवादी केन्द्र गोरखाले गोरखा सदरमुकामस्थित पार्टी कार्यालयमा आज आयोजना गरेको निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले पार्टीमा नयाँ रूपान्तरण थालनीका लागि गोरखामा चुनाव लड्न आएको स्पष्ट पारे ।

‘म गोरखा आएको पार्टी निर्माण, रूपान्तरण र क्रान्तिकारी बीउ बचाउनका लागि हो’, अध्यक्ष दाहालले भने, ‘यहाँ जित र हारको कुरा त प्रतिक्रियावादीको टिप्पणी मात्र हो ।’ उनले चितवनबाट गोरखा आउँदा चितवनका राजनीतिक दल, नेता कार्यकर्तामा रुवाबासी चलेको भन्दै चितवन पनि जित सुनिश्चित भएको ठाउँ भएको बताए ।

 ‘प्रचण्ड गोरखा जाने चर्चापछि चितवनमा त आङ्तक नै भयो’, अध्यक्ष दाहालले भने, ‘माओवादी नेता कार्यकर्ता मात्र होइन कांग्रेस जिल्ला पार्टी, एमालेका निर्वाचित जनप्रतिनिधिसमेत हामी जिताउँछौँ तपाईं चितवनबाट नै चुनाव लडिदिनुस् भनेर आउनुभयो तर प्रतिक्रियावादी भने हारको भ्रम फैलाइरहेका छन् ।’ अर्को फरक प्रसङ्गमा उनले अन्तिम युद्ध कसले जित्ने हो भन्ने फैसला अझै हुन बाँकी रहेको बताए ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ७ : १७ बजे

 जेन-जी आन्दोलनबारे रास्वपाले भन्यो- अप्रत्याशित र आश्चर्यजनक दुवै होइन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले जेन-जी आन्दोलन शासकीय अनैतिकता र असक्षमताको

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छ : नेता कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन पुस

पार्टी छोडेका नेता-कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आह्वान

काठमाडौं– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी

भारी हिमपातका कारण मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध

मुस्ताङ– मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ ।

दाङमा करिब एक हजार सात सय मतदाता थपिए

तुलसीपुर– यहाँ एक महिनामा एक हजार ७०० मतदाता थपिएका छन्