अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु « Khabarhub

अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु


२८ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको हुथी–नियन्त्रित स्वास्थ्य अधिकारीहरूको विज्ञप्ति उद्धृत गर्दै हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले शुक्रबार उल्लेख गरेको छ।

यसैबीच, सोही औषधि प्रयोग गरिंदा अन्य नौ बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको र त्यस बारे अनुसन्धान भइरहेको जनाइएको छ ।

यमन भरका अस्पतालहरूमा तस्करी गरिएका औषधिहरूको प्रयोग सामान्य जस्तै मानिन्छ । गृहयुद्ध शुरु भएदेखि यमनका आधाभन्दा बढी स्वास्थ्य संस्थाहरू उपकरण, औषधि र बजौट अभावले थल परेका छन् ।

हुथी विद्रोहीहरूले सन् २०१४ मा उत्तरी यमनको ठूलो भाग कब्जा गरी सानाबाट साउदी समर्थित यमनी सरकारलाई विस्तापित गरेका थिए ।

युद्धले दशौं हजार मानिसको ज्यान गएको छ भने ४० लाख मानिसलाई विस्थापित गरेको छ । गृहयुद्धको चपेटाले देश भोकमरीमा धकेलिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  १० : ३८ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु