अरिङ्गाल पोल्न खोज्दा लडेर मृत्यु « Khabarhub

अरिङ्गाल पोल्न खोज्दा लडेर मृत्यु


२९ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – जिल्लामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर गए राति एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा उनी रुखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए ।

शुक्रबार साँझ करिब ५ बजे गाउँ नजिकै रहेको तारे जङ्गलस्थित सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्न गएको बुझिएको छ । विष्णुसँग सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना पनि अरिङ्गालको गोलो पोल्न गएका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७९, शनिबार  ११ : २४ बजे

केन्द्रिकृत मानसिकताले परिणाम दिन सकिएन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक र प्रशासनिक नेतृत्वको

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन

महोत्तरी– स्थानीय तह तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको

शहिदका सुपुत्र सन्दिप बने प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठन संयोजक

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको विद्यार्थी संगठनको संयोजकमा सन्दिप पुन चयन

एनएमए निर्वाचन : डा. शाहीको उम्मेदवारी यथावत् राख्न जिल्ला प्रशासनको निर्देशन 

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल चिकित्सक संघ (एनएमए) को